relans
ni new 83
nib 2082 5

मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता भोलिदेखि

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २, बिहिबार

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीको आयोजनामा भोलिदेखि १५ दिनसम्म मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौँ विश्वविद्यालय धुलिखेलको खेल मैदानमा नकआउटका आधारमा हुन लागेको सो प्रतियोगितामा विभिन्न जिल्लाका गरी २४ वटा समूहले नाम दर्ता गरिसकेको आयोजक समितिका संयोजक प्रविण ज्ञवालीले बताउनुभयो । “हामीले आह्वान गरेको हिजोसम्मको समयसीमाभित्रमा २४ वटा समूहले नाम दर्ता गरिसकेका छन्”, संयोजक ज्ञवालीले भन्नुभयो, “नाम दर्ताका लागि प्रति समूह १० हजार शुल्क निर्धारण गरिएको थियो ।” प्रतियोगितामा विजयी समूहले नगद रु ५० हजार र उपविजेताले रु ३० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि रु १५ लाख २१ हजार खर्च लाग्ने अनुमान गरिएको ज्ञवालीले बताउनुभयो । यसरी आयोजना गरिएको प्रतियोगिता दोस्रो पटकको हो । गत वर्षमा गरेको पहिलो प्रतियोगितामा १६ वटा समूहले भाग लिएका थिए ।
Categorized in खेलकुद
ppp 2