STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ बैशाख १५, आइतबार

    अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

    नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् ।    फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–० सेटले पराजित भए । उनले पहिलो सेट १५–२१ अङ्कले तथा दोस्रो सेट १३–२१ अङकले गुमाएको...

  • २०७६ बैशाख १५, आइतबार

    केपिएल ः मध्यपश्चिम विजयी

    वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग केपिएल मा मध्यपश्चिम क्रिकेट क्लबले पहिलो जीत दर्ता गरेको छ । कालिञ्चोक मैदानमा आज बिहान सम्पन्न खेलमा झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले हराउँदै मध्यपश्चिम खाता खोल्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले तीन विकेट गुमाएर १६।१...

  • २०७६ बैशाख १५, आइतबार

    अन्तर नगरपालिका फुटबल प्रतियोगिता वैशाख १८ देखि

    नुवाकोटको बट्टारस्थित खेलमैदानमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशभित्रका महानगर, उपमहानगर र नगरपालिकालाई पत्राचार गरिएको छ । देशभरिका १० टिमलाई सहभागी गराउने उद्देश्य रहेको एन्फा उपाध्यक्ष उद्वव पनेरुले बताउनुभयो । पनेरुका अनुसार वैशाख १८...

  • २०७६ बैशाख १५, आइतबार

    नेपालले मलेसियालाई हराउँदै उपाधि जित्यो

    नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि ९यू–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । थाइल्याण्डको चियाङमाईमा आज भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै नेपालको यो लगातार दोस्रो उपाधि हो । गत संस्करणमा भएको फाइनलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको...

  • २०७६ बैशाख १३, शुक्रबार

    चन्द्रागिरि गोल्डकप आइतबारदेखि

    दीपशिखा युवा समूहको आयोजनामा दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकप प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ । चन्द्रागिरीस्थित नैकाप खेल मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जानकारी दिनुभयो ।   सहभागी टोलीमा आयोजक दीपशिखा युवा समूहसहित त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल ९एपिएफ०, जावलाखेल युथ क्लब...

  • २०७६ बैशाख १३, शुक्रबार

    अष्ट्रेलियासँग बराबरी खेल्ने नेपालको लक्ष्य

    एशियाली फुटबल महासङ्घ एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यान्मा पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग खेल्न लागेको हो । म्यान्माको मण्डलेस्थित मण्डलर थिरी मैदानमा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे शुरु हुनेछ...

  • २०७६ बैशाख १३, शुक्रबार

    कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा

    पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता यहाँ हुनेभएको छ । जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल सङ्घ चितवन शाखाको आयोजनामा तेस्रो इण्डो–नेपाल कराँते प्रतियोगिता हुन लागेको सङ्घका सल्लाहकार एवं प्रतियोगिता संयोजक पुष्प आचार्यले जानकारी दिनुभयो । प्रतियोगिता यही वैशाख १९ गते देखि २१ गतेसम्म भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा हुने आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी...

  • २०७६ बैशाख १२, बिहिबार

    अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्दै

    एशियाली क्रिकेट काउन्सिल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डसँग खेल शुरु गरेको छ । थाइल्याण्डको चियाङमाइमा आयोजकविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । शुरुआती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्न लागेको हो । आयोजकविरुद्ध मैदानमा उत्रँदा नेपाल शतप्रतिशत जितको...

  • २०७६ बैशाख १२, बिहिबार

    थाइल्याण्डले २३५ रनको लक्ष्य पायो

    थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि ९यु–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ ।   थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको योगफल खडा ग¥यो ।  नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले...

  • २०७६ बैशाख १२, बिहिबार

    खेलकुदको विकासका लागि तथ्याङ्क सङ्कलन

    समग्र खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने नीति र योजना ल्याउन प्रदेश नं ५ सरकारले खेल क्षेत्रको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ  प्रादेशिकस्तरमा तथ्याङ्क सङ्कलन भएपछि खेलको पूर्वाधार विकास र खेलाडीको वृत्तिविकास र प्रोत्साहन हुने खालका योजना छनोटमा सहज हुने प्रदेश सरकारको विश्वास छ । पहिलोपटक प्रदेश गठन भएकाले प्रदेशको खेल क्षेत्रको यकिन तथ्याङ्क नहुँदा खेल पूर्वाधारमा आवश्यक लगानी...

  • २०७६ बैशाख १२, बिहिबार

    वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

    एशियाली क्रिकेट काउन्सिल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो ।  नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले  रद्द...

  • २०७६ बैशाख १२, बिहिबार

    अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाको मैदालान सम्याउने काम शुरु

    चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य कालोपत्र बन्ने ठाउँ सम्याउन शुरु गरिएको हो ।  मैदानमा कालोपत्र निर्माणको प्रारम्भिक काम गर्न नेपालका क्युरेटर कोमल पाण्डेले माटोको प्रकृतिबारे जाँच गर्नुभएको छ । उहाँका अनुसार रङ्गशाला निर्माण हुन लागेको ठाउँको माटो क्रिकेट कालोपत्र निर्माण गर्न उपयुक्त छ । “कालोपत्र...

Pages