STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ जेठ ३०, बिहिबार

    फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु

    कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने दोस्रो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ ।  दुईदिने उक्त प्रतियोगितामा विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको  सहभागिता रहनेछ । प्रतियोगितामा १६ वर्षभन्दा मुनीका विद्यार्थीले मात्र खेल्न पाउने प्रावधान छ । च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।...

  • २०७६ जेठ २४, शुक्रबार

    प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनल शनिबार

    प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दुवै टोली उपाधि रक्षा गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन् ।    पुलिसले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ...

  • २०७६ जेठ २३, बिहिबार

    पुलिस प्रधानमन्त्री कपको फाइनलमा प्रवेश

    विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल ९एपिएफ० लाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई पाँच विकेटले पराजित गर्दै फाइलनमा पुगेको हो । यही जेठ २५ गते हुने फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसंग...

  • २०७६ जेठ २२, बुधबार

    प्रधानमन्त्री कप – आर्मीले प्रदेश नं ३ लाई ३१० को विशाल लक्ष्य

    प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीका सदस्य विनोद भण्डारीको नेतृत्वमा रहेको त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ३ लाई जितको लागि ३१० रनको विशाल लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३०९ रनको योगफल बनायो ।  आर्मीको लागि कप्तान...

  • २०७६ जेठ २२, बुधबार

    आठ विधामा स्पोर्टस अवार्ड प्रदान गरिने

    नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही जेठ २४ गते पोखरामा हुने प्रदेशस्तरकोे ‘टिभिएस अपाची चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५’ मा आठ विधामा अवार्ड प्रदान गरिने भएको छ । मञ्चले आज पोखरामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी स्पोर्टस अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र लाइफ टाइम अचिभमेन्टसहित आठ विधामा अवार्ड प्रदान गरिने मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताउनुभयो । मञ्चले लाइफ...

  • २०७६ जेठ २१, मंगलबार

    प्रधानमन्त्री कप ः गण्डकीले सुदूर पश्चिमलाई ९० रनको लक्ष्य

    राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूर पश्चिमाञ्चललाई जीतका लागि ९० रनको सामान्य लक्ष्य दिएको छ ।  मूलपानी क्रिकेट मैदानमा आज भएको खेलअन्तर्गत समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो ।  गण्डकी प्रदेशका लागि लागि राहुल शर्माले सर्वाधिक ४१...

  • २०७६ जेठ २१, मंगलबार

    विश्वकप क्रिकेट, पाकिस्तानको अप्रत्यासित जित

    इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा भएको खेलमा इङ्ल्यान्ड विरुद्ध पाकिस्तान १४ रनले विजयी भएको छ ।  इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका थिए । पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ३४८ रन बनाएको थियो ।  जितका लागि ३४९ रनको ठूलो लक्ष्य लिएर मैदानमा उत्रेको इङ्ल्यान्डका लागि जो रुट र जस बटलर दुबैले...

  • २०७६ जेठ २१, मंगलबार

    राष्ट्रिय पुरुष भलिबलमा आर्मी र गण्डकी प्रदेश विजयी

    नेपाली सेनाको आयोजनामा भएको चौथो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताअन्तरगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले लगातार तेस्रो जित निकालेका छन् ।लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा भएको खेलमा आर्मीले प्रदेश नं २ लाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने गण्डकी प्रदेशले पनि कर्णाली प्रदेशलाई समान ३–० कै सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित...

  • २०७६ जेठ २०, सोमबार

    सुदूरपश्चिमाञ्चलद्वारा प्रदेश ३ लाई १५५ रनको चुनौती

    राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमाञ्चलले प्रदेश नम्बर ३ लाई जीतका लागि १५५ रनको चुनौती दिएको छ ।  मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ थालेको सुदूरपश्चिमले ४५ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै १५४ रनमा समेटियो । सुदूरपश्चिमका लागि खड्ग बोहोराले सर्वाधिक ४० रनको योगदान दिदाँ रोशन अधिकारीले २७ रनको योगदान दिए ।...

  • २०७६ जेठ १५, बुधबार

    दोस्रो अन्नपूर्ण म्याराथनका धावक एबिसी प्रस्थान

    दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधार शिविर एबिसी प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकलाई आयोजक संस्था अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव–२०७६ मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले आज पोखराबाट बिदाइ गर्नुभएको हो । खेल पर्यटनको विकास र विस्तार गर्न अन्नपूर्ण पदयात्रा मार्गमा हुन लागेको म्याराथनमा ७०...

  • २०७६ जेठ १५, बुधबार

    प्रधानमन्त्री कप ः प्रदेश नं २ लाई ९४ रनको लक्ष्य

    प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं २ लाई जितका लागि ९४ रनको सामान्य लक्ष्य दिएको छ ।    कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा कर्णाली प्रदेश ३० दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रनको योगदान दिँदा रवीन्द्र शाहीले १४ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यमानले दोहोरो अङ्क जोड्न सकेनन् ।   ...

  • २०७६ जेठ १५, बुधबार

    गणतन्त्र दिवसमा खुला दौड प्रतियोगिता

    गणतन्त्र दिवस २०७६ को अवसरमा आज पोखरामा खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । सृजना विकास केन्द्र पोखराको आयोजनामा भएको आठ किलोमिटर दौडमा देवराज बस्नेतले २४ मिनेट ४९ सेकेण्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हासिल गरी नगद पुरस्कार रु १० हजार तथा प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यसैगरी सशस्त्र प्रहरीका ओमबहादुर जिसीले २७ मिनेटमा दौड पूरा गरी द्वितीय भई नगद रु सात हजार, तथा स्यालुट गोर्खा टे«...

Pages