STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ जेठ १५, बुधबार

    प्रधानमन्त्री कप ः प्रदेश नं २ लाई ९४ रनको लक्ष्य

    प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं २ लाई जितका लागि ९४ रनको सामान्य लक्ष्य दिएको छ ।    कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा कर्णाली प्रदेश ३० दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रनको योगदान दिँदा रवीन्द्र शाहीले १४ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यमानले दोहोरो अङ्क जोड्न सकेनन् ।   ...

  • २०७६ जेठ १५, बुधबार

    गणतन्त्र दिवसमा खुला दौड प्रतियोगिता

    गणतन्त्र दिवस २०७६ को अवसरमा आज पोखरामा खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । सृजना विकास केन्द्र पोखराको आयोजनामा भएको आठ किलोमिटर दौडमा देवराज बस्नेतले २४ मिनेट ४९ सेकेण्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हासिल गरी नगद पुरस्कार रु १० हजार तथा प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यसैगरी सशस्त्र प्रहरीका ओमबहादुर जिसीले २७ मिनेटमा दौड पूरा गरी द्वितीय भई नगद रु सात हजार, तथा स्यालुट गोर्खा टे«...

  • २०७६ जेठ १४, मंगलबार

    प्रदेश ३ को लगातार दोस्रो जीत

    प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का रहनुभएको प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेका हो । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले दिएको १०९ रनको सामान्य लक्ष्यलाई प्रदेश ३ ले २२...

  • २०७६ जेठ १४, मंगलबार

    कर्णाली सरकार र संसद्बीच भलिबल प्रतियोगिता

    कर्णाली प्रदेश सरकार र संसद्बीच भएको आजको भलिबल प्रतियोगितामा संसद् टोली विजयी भएको छ ।  गणतन्त्र दिवस २०७६ को उपलक्ष्यमा भएको सो प्रतियोगितामा सोझो दुई सेट लिएर संसद् टोली विजयी भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार र प्रदेश सभामुख राजबहादुर शाही नेतृत्वको संसद् टोलीबीच सो प्रतियोगिता भएको हो ।  यसैगरी ब्याटमिण्टनमा महिला र पुरुष दुवैतर्फ सरकारको टोलीले विजयी भएको छ ।...

  • २०७६ जेठ १३, सोमबार

    एपिएफले १२६ रनको लक्ष्य पायो

    राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबाई जितका लागि १२६ रनको चुनौती दिएको छ ।    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । उसका लागि लोकेस बमले सर्वाधिक ३० रनको योगदान दिँदा विपीन रावलले २१ रन जोडे...

  • २०७६ जेठ १२, आइतबार

    आर्मीले प्रदेश १ लाई २०५ रनको चुनौती

    राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०४ रनको योगफल बनायो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले । ९३ बल खेलेको उनले...

  • २०७६ जेठ १२, आइतबार

    प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता

    सङ्खुवासभाको खाँदबारीमा प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । प्रदेश नं १ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला खेलकूद विकास समितिले प्रतियोगिता आयोजना गर्ने भएको हो । जेठ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश नं १ का १४ वटै जिल्लाको सहभागिता रहने जिखेबिसका अध्यक्ष भरतकुमार घिमिरेले बताउनुभयो । प्रतियोगिताले खेलाडी र प्रशिक्षकलाई फाइदा पुग्ने र जिल्लाका खेलाडीले...

  • २०७६ जेठ १२, आइतबार

    प्रधान सेनापति राष्ट्रिय भलिबल हुँदै

    प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता – २०७६’ यही जेठ १९ देखि २६ गतेसम्म हुने भएको छ । सातै प्रदेशका टोली र तीन विभागीय गरी १० समूहको सहभागिता रहने उक्त प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा कूल २६ खेलसहित आयोजना गरिने छ ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति शशिकिरण रायमाझीले विसं २०७२ देखि शुरु भएको उक्त प्रतियोगिताको चौथो संस्करण विसं २०७५ मा...

  • २०७६ जेठ १०, शुक्रबार

    प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट

    तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा आर्मीले प्रदेश नं २ लाई जीतका लागि २७९ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आर्मीले ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा २७८ रनको योगफल बनायो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि राजु रिजाल र कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले । शुरुआती ब्याटम्यान...

  • २०७६ जेठ १०, शुक्रबार

    राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रतियोगिता

    जिल्लाबाट राष्ट्रियस्तरका ब्याडमिण्टन खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जिल्लास्तरीय मेयर कप ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको छ ।  रामग्राम नगरपालिकाको सहयोग र परासीस्थित रामग्राम ब्याडमिण्टन क्लबको आयोजनामा आजदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका सात वटै स्थानीय तहका खेलाडी सहभागी भएका छन् ।  परासीस्थित रामग्राम ब्याडमिण्टन कभर्डहलमा सञ्चालित उक्त...

  • २०७६ जेठ ८, बुधबार

    दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने

    तोयाकान नेपाल बादोरियो कराँते डो सङ्घ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि शुरु हुने भएको छ ।  ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११ गते काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ स्थित गोकर्णेश्वर बैङ्क्वेटको हलमा कार्याक्रम आयोजना गरेको समितिले जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४०० खेलाडी...

  • २०७६ जेठ ८, बुधबार

    अन्तर्राष्ट्रिय ओलोम्पिक दिवसमा ठेलो प्रतियोगिता

    अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ । नेपाली समाजमा विभिन्न चाडपर्व विशेष र मेलामा आयोजना हुने ठेलो प्रतियोगिता प्रथमपटक प्रदेशस्तरीय गर्न लागिएको हो ।   भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना एवं गण्डकी प्रदेश सरकारको सहयोग र नेपाल ओलम्पिक कमिटीको प्रवद्र्धनमा हुने प्रतियोगिता आगामी असारको १० र ११ गते जुन २५ र २६मा पोखराको...

Pages