STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ आषाढ ९, सोमबार

    कोपा अमेरिका, अर्जेन्टिना क्वाटरफाइनमा प्रवेश

    लाउटारो मार्टिनेज र सर्जिओ अग्वेरोको गोलको मद्दतले अर्जेन्टिनाले कतारलाई २–० गोल अन्तरले पराजित गरी अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिका प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको समूह ख कै अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेका कारण पनि अर्जेन्टिनालाई क्वाटरफाइनलमा प्रवेश सहज भएको हो ।...

  • २०७६ आषाढ ८, आइतबार

    दार्चुला क्रिकेट सङ्घमा भट्ट

    दार्चुला क्रिकेट सङ्घको पाँचौँ जिल्ला अधिवेशन तथा विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ । सदरमुकामस्थित खलङ्गामा सम्पन्न साधारणसभाले देवेन्द्र भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भुवन जोशी, सचिवमा दिनेश मल्ल र कोषाध्यक्षमा भोजराज जोशी चयन भएका छन् । यस्तै सदस्यमा खड्कसिंह लोथ्याल, नितिश भट्ट, कैलाशसिंह ठगुन्ना, धनेन्द्रसिंह धामी, विक्रमसिंह बडाल,...

  • २०७६ आषाढ ८, आइतबार

    प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम विजयी

    कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आज यहाँस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको छ । प्रदेश नम्बर पाँचले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको थियो । सुदूरपश्चिमले १६ दशमलव एक ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कविता...

  • २०७६ आषाढ ६, शुक्रबार

    सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो । उनले आफ्नो न्यूनतम मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपको टोलीका मार्की खेलाडी भने भारतीय टोलीका पूर्वब्याट्सम्यान...

  • २०७६ आषाढ ६, शुक्रबार

    महिला फुटबलःविराटनगरद्वारा धनगढी पराजित

    राजधानीमा जारी उपमेयर कपअन्तर नगरपालिका महिला फुटबलमा विराटनगर महानगरपालिकाले धनगढी उपमहानगरपालिकालाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको खेलमा विराटनगरले धनगढीलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै समूह डि मा रहेको विराटनगरले शिर्ष तीन अङ्क जोडेको छ । विराटनगरको जीतमा रेखा पौडेलले ह्याट्रिक पूरा गरिन । उनले...

  • २०७६ आषाढ ४, बुधबार

    भीमदत्तनगरमा प्रधानमन्त्री कप क्रिकेट शुरु

    कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । भीमदत्तनगरस्थित क्रिकेट मैदानमा आयोजित उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले खेलकूदको विकासका लागि प्रदेश सरकारले खेलकूद प्रशिक्षण केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “प्रदेश सरकारले खेलाडी कल्याण कोषको स्थापना गर्नाका साथै प्रदेश सरकारले रु ३० करोड...

  • २०७६ आषाढ ३, मंगलबार

    एशिया फाइनलका लागि खेलाडी छनोट

    सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि  आज प्रारम्भिक टोली घोषणा गरिएको छ ।   आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले  २५ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो ।     सो प्रतियोगिताका लागि नन्दनकुमार यादव पहिलो पटक छनोटमा परेका...

  • २०७६ आषाढ २, सोमबार

    महिला फुटबल–वालिङ नगरपालिका सेमिफाइनलमा

    स्याङ्जाको वालिङ नगरपालिकाले बाँसगढी नगरपालिकासँग गोलरहित बराबरी खेल्दै उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा वालिङ नगरपालिकाले बाँसगढी नगरपालिका गोलरहित बराबरी खेल्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै वालिङ नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत...

  • २०७६ आषाढ २, सोमबार

    नेपाली लिग च्याम्पियन मनाङ बङ्गलादेशतर्फ

    एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । यही असार ४ गते बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने खेलमा नेपाली लिग च्याम्पियन मनाङले बङ्गालदेशको लिग च्याम्पियन अबहानी लिमिटेडसँग जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछ ।  यसअघि गत अप्रिलमा नेपालमा नै भएको खेलमा मनाङ अबहानीसँग १–०...

  • २०७६ जेठ ३१, शुक्रबार

    सुदूरपश्चिम पृतनापति ट्रफी शुरु

    नेपाली सेनाको सुदूरपश्चिम प्रदेशअन्तर्गत पृतनापति ट्रफी खेलकूद प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ । श्री नं २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी शरद ढलकाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा आयोना गरिएको सो प्रतियोगिता शुभारम्भ गर्नुभयो । सहायकरथी ढकालले ‘खेलौँ र स्वस्थ रहौँ’ भन्ने मनसायसहित अनुशासनमा बसेरस्तरीय खेल प्रदर्शन गर्न खेलाडीहरुलाई निर्देशन दिनुभयो  ।प्रतियोगिताअन्तर्गत...

  • २०७६ जेठ ३१, शुक्रबार

    नेपाल चार स्थान तल 

    फिफा वरियतामा नेपाल चार स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान तल झर्दै १६५औँ स्थानमा रहेको हो । यसअघि नेपाल १६१औँ स्थानमा थियो ।    चार स्थान तल झरेको नेपाल दक्षिण एशियामा भने तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१ औँ स्थानमा छ भने माल्दिभ्स १५१ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल रहेको बङ्गलादेश १८३औँ स्थानमा छ भने भूटान १८६औँ...

  • २०७६ जेठ ३०, बिहिबार

    फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु

    कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने दोस्रो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ ।  दुईदिने उक्त प्रतियोगितामा विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको  सहभागिता रहनेछ । प्रतियोगितामा १६ वर्षभन्दा मुनीका विद्यार्थीले मात्र खेल्न पाउने प्रावधान छ । च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।...

Pages