STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुविधासम्पन्न कभर्डहल निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १६, बिहिबार

कञ्चनपुरको वेदकोट नगरपालिका–३ मा रु एक करोड ५० लाख लागतमा सुविधासम्पन्न कभर्डहल निर्माण गरिएको छ । राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता सञ्चालन गर्न र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नका लागि कभर्डहल निर्माण गरिएको हो । कभर्डहलमा दुई डेसिङ रुम, शौचालयलगायतका संरचना निर्माण गरिएको नगरप्रमुख अशोककुमार चन्दले बताउनुभयो । “कभर्डहलको बाह्य संरचना निर्माण भएर तयार भएको छ”, उहाँले भन्नुभयो, “भित्री संरचना बनाउन अझै बाँकी छ ।” चालू आवमा भित्री सबै संरचना बनाएर कभर्डहललाई सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । कभर्डहलको लम्बाइ ४० फिट र चौडाइ ३० फिट रहेको छ । कभर्डहलसँगै आठ बिघा क्षेत्रफलको खेलमैदानसमेत रहेको छ । विसं २०७४ मा कभर्डहल निर्माणकार्य शुरु गरिएको थियो । नगरपालिकाले प्रत्येक वडामा एक खेलमैदान बनाउनका लागिसमेत काम अगाडि बढाएको बताएको छ ।
Categorized in खेलकुद