STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आठौँ खेलकूद  भलिबलमा पुलिस र एपिएफ प्रथम

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिस क्लब र महिला भलिबलमा सशस्त्र प्रहरी बल एपिएफ ले उपाधि हात पारेका छन् । 
आज खजुरास्थित शुक्र रङ्गशालामा भएको फाइनल खेलमा पुरुषतर्फ पुलिस क्लबले नेपाल आर्मी क्लबलाई र महिलातर्फ एपिएफले प्रदेश नं ३ लाई हराउँदै उपाधि हात पारेको प्रदेश खेलकूद विकास समितिका सदस्य रीता कोइराला जानकारी दिनुभयो । 
पुरुषतर्फको खेलमा पहिलो सेट २५–१८ ले आर्मीलाई हराएको पुलिसले दोस्रो सेट २३–२५ ले हारेको थियो । त्यसपछिको खेलमा पुलिसले लगातार दुई सेट २५–२० र २५–१८ ले जित्दै उपाधि हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा पुरुष भलिबलमा एपिएफ विजयी भएको छ । गण्डकी प्रदेशलाई हराउँदै एपिएफ विजय भएको हो ।
यस्तै महिलातर्फ एपिएफ प्रदेश नं ३ लाई २५–११, २५–१३ र २५–१९ को सोझो सेटमा हराउँदै विजय भएको हो । विजयी खेलाडीलाई पूर्वयुवा तथा खेलकूदमन्त्री दलजीत श्रीपाइलीले पुरस्कार प्रदान गर्नुभएको थियो । यस्तै आजै भएको महिला भलिबल तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लब विजय भएको छ । पुलिसले गण्डकी प्रदेशलाई हराएको हो । 
प्रतियोगितमा उत्कृष्ट खेलाडी पुरुषतर्फ नेपाल पुलिस क्लबका कुलबहादुर थापा र महिलातर्फ एपिएफकी सरस्वती चौधरी घोषित भएका थिए । उत्कृष्ट खेलाडीलाई लक्ष्मीनारायण मेमोरियल भलिबल ट्रष्टले नगद रु दश÷दश हजार प्रदान गरेको थियो ।  
Categorized in खेलकुद