STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खुला राष्ट्रिय पुरुष भलिबलको उपाधि दुप्चेश्वरलाई

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १०, आइतबार

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न ‘दोस्रो दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ । दुप्चेश्वर गाउँपालिका–५ स्थित कल्याण माविमा सम्पन्न फाइनल खेलमा दुप्चेश्वरले सोसियल सर्भिस युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको खेल व्यवस्थापक विक्रम थापाले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनलमा दुप्चेश्वरले सोसियल सर्भिसलाई २५–२२, २५–२३ र २५–१४ को सोझो सेटमा हराएको हो । उपाधि जितेको टोलीलाई रु एक लाख २५ हजार र दोस्रो टोलीलाई रु ७५ हजार नगदसहित शिल्ड, पदक र ट्रफी कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले प्रदान गर्नुभयो । प्रतियोगिताअन्तर्गत शनिबार नै भएको खेलमा पञ्चकन्या गाउँपालिकालाई हराउँदै कालिका युवा क्लबले तेस्रो स्थान हासिल ग¥यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी विनोद चन्द घोषित हुनुभयो । दुई वर्षअघिदेखि शुरु गरिएको दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई निरन्तर रूपमा राष्ट्रिय क्लब सहभागी गराएर पुरस्कार राशिसमेत वृद्धि गरी सञ्चालन गर्ने दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो ।
Categorized in खेलकुद