STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ८, शुक्रबार

नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा खेलाडीको हौसला बढाउन जनही रु एक लाख प्रदान गर्ने निर्णय भएको छ । फागुन २८ गते शुरु भएको सो प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज अन्तिम खेल हुने भएको छ । यसैगरी, नेपाल समूह विजेत भएमा विराटनगर महानगरपालिकाले पनि थप पुरस्कार दिने प्रमुख भीम पराजुलीले यसअघि नै घोषणा गरिसक्नुभएको छ । प्रतियोगिता विराटनगरको शहीद रङ्गशालामा भइहेको छ ।
Categorized in खेलकुद