STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अजयलाई स्वर्ण

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ५, मंगलबार

संयुक्त अरब इमिरेट्स ९युएई० मा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण पदक जितेका छन् । अजयले पुरुष सटपुटमा मङ्गलबार स्वर्ण पदक जितेको स्पेसल ओलम्पिक नेपाले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन कांस्य पदक जित्न सफल भए । सुस्मिलाई कांस्य नेपालकी सुस्मि श्रेष्ठले नेदरल्याण्डस्मा जारी २९औँ ओपन युरोपियन कराँते च्याम्पियनसिपमा गए राति कांस्य पदक जितेकी छन् । सुस्मिले महिला ६५ केजीमा कांस्य पदक जितेको नेपाल क्योकुसिन बुदोकाइ कराँते सङ्घका महासचिवसमेत रहनुभएका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा सुस्मि नेदरल्याण्ड्सकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा बेल्जियमकी खेलाडीसँग अङ्क आधारमा पछि पर्दै कांस्य पदकमै सीमित बनेकी हुन् । प्रतियोगितामा प्रमुख प्रशिक्षक सुवेदीले निर्णायकको भूमिकासमेत निर्वाह गरिरहनुभएको छ ।
Categorized in खेलकुद