STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७८ पौष २४, शनिबार

    हाइटीमा पत्रकार जिउँदै जलाइएको घटनाको राष्ट्रसंघद्वारा निन्दा

    २४ पुस, एजेन्सी - संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकार हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन्। कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्, दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने। हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं। यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले...

  • २०७८ पौष २४, शनिबार

    भारतमा एकैदिन १ लाख ४१ हजारभन्दा धेरै संक्रमित

    २४ पुस, एजेन्सी - भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १ लाख ४१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अघिल्लो २४ घण्टाको तुलनामा भारतमा नयाँ संक्रमितको संख्या २१ प्रतिशतले बढेको हो। त्यस्तै भारतमा कोरोनाको संक्रमणदर पनि ९.२८ प्रतिशत पुगेको छ। २४ घण्टामा २८५ जनाको मृत्यु भएको छ भने ४० हजारभन्दा धेरै मानिस संक्रमणमुक्त पनि भएका छन्। भारतमा...

  • २०७८ पौष २३, शुक्रबार

    मोदीमाथिको आक्रमण ‘लोकतन्त्रविरूद्ध’ : कंगना

    २२ पुस, एजेन्सी - बुधबार पन्जाबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गाडीलाई प्रदर्शनकारीले रोकेको विषयमा अभिनेत्री कंगना रनावतको प्रतिक्रिया आएको छ। अभिनेत्री कंगनाले बिहीबार सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीलाई अवरोध गरिएको विषयमा ‘लज्जास्पद’ र ‘लोकतन्त्रविरुद्ध आक्रमण’ भनेकी हुन्। साथै उनले पन्जाब आतंकवादी गतिविधिको केन्द्र बन्दै गएको टिप्पणी गरेकी छन्। कंगना रनावतले लेखेकी छन्, ‘पन्जाबमा...

  • २०७८ पौष १७, शनिबार

    भारतको वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु

    १७ पुस, एजेन्सी - दशौँ हजार तीर्थयात्री पूजाअर्चना गर्न भेला भएका बेला शनिबार बिहानै भारतीय धार्मिक स्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भारत प्रशासित कश्मीरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब सवा २ बजे १२ जनाको मृत्यु भएको छ भने करिब १५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । खासगरी...

  • २०७८ पौष ८, बिहिबार

    पञ्जाबमा अदालतभित्रै विष्फोट, दुई जनाको मृत्यु

    ८ पुस, एजेन्सी - भारतको पञ्जाबस्थित लुधियाना अदालत परिसरमा विष्फोट भएको छ । विष्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फोटमा अन्य केही घाइते भएका छन् । अदालत भवनको दोस्रो तलामा विष्फोट भएको हो । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ । घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

  • २०७८ पौष ८, बिहिबार

    पुनः राष्ट्रपतिमा उठ्ने बाइडेनको चाहना

    ८ पुस, एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन् । अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताए । बुधबार एबीसी वल्ड न्युजसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।...

  • २०७८ पौष ७, बुधबार

    भारतको १४ राज्यमा फैलियो ओमिक्रोन

    ७ पुस, एजेन्सी - भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन केरलादेखि जम्मू कश्मीरसम्म १४ राज्यमा पुगेको छ । पछिल्लो पटक मंगलबार कश्मीरमा ३ संंक्रमित फेला परेका छन् । मुम्बईमा सबैभन्दा धेरै ओमिक्रोनका संक्रमित फेला परेका छन् । हालसम्म मुम्बईमा मात्र ६५ जनामा कोरोनाको नयाँ संस्करणको संक्रमण देखिएको छ । त्यसैगरी दिल्लीमा संक्रमित हुनेको संख्या ५४ पुगेको छ भने त्यसमध्ये ३४ जनाकोे उपचार भइरहेको छ ।...

  • २०७८ पौष ६, मंगलबार

    बेलायतमा ओमिक्रोनबाट १२ जनाको मृत्यु

    पुस ६, एजेन्सी  - बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । तीव्र रूपमा फैलिएको ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गरेका छन् ।  ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको पनि उनले जानकारी दिएका छन् । पछिल्लो समयमा बेलायतमा ठूलो संख्यामा दैनिक संक्रमित भेटिएका छन् । बेलायतमा यो साता दैनिक ९०...

  • २०७८ मङ्सिर २३, बिहिबार

    भारतद्वारा ३१ जनवरीसम्म अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध

    २३ मंसिर, एजेन्सी - कोरोनाको नयाँ भेरियन्टका कारण अब भारतका सर्वसाधारण जनताले असुविधाको सामना गर्नुपर्ने भएको छ । भारत सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टलाई ध्यानमा राख्दै नियमित अन्तर्राष्ट्रिय व्यावसायिक यात्रुवाहक विमानको उडान ३१ जनवरीसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भारत सरकारले १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको...

  • २०७८ मङ्सिर २२, बुधबार

    बीबीसीको सय प्रभावशाली महिलाको सूची सार्वजनिक, अफगानिस्तानका मात्रै ५० जना

    २२ मंसिर, एजेन्सी - बीबीसीले सन् २०२१ मा विश्वभरका सय प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गरेको छ । यसवर्ष समाज, संस्कृति र संसार बदल्न लागि परेका महिलाहरूलाई बीबीसीले समेटेको जनाएको छ । सार्वजनिक सूचीमा ५० जना अफगानिस्तानका महिलाहरू छन् । यसवर्ष अफगानिस्तानका महिलाहरूले बढी प्राथमिकता पाएका छन्, जबकी अफगानिस्तानमा बालिकाहरूलाई स्कुल जान प्रतिबन्ध लगाएको छ । साथै, तालिबानले सत्ता कब्जा गरेपछि...

  • २०७८ मङ्सिर २२, बुधबार

    भारतीय सेना प्रमुख रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

    २२ मंसिर, काठमाडौँ - भारतीय सेना प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । बुधबार तमिलनाडूको कुन्नुर नजिकै भएको भारतीय वायु सेनाकाे हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन् । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकोप्टर दुर्घटनामा  रावतसहित उनको पत्नि मधुलिका र थप...

  • २०७८ मङ्सिर १५, बुधबार

    विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : तीन विद्यार्थीको मृत्यु

    अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु हुनुका साथै एक शिक्षकसहित आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी दुई छात्रा छन् । प्रहरीका अनुसार १५ वर्षीय किशोरले अटोमेटिक ह्याण्डगनको प्रयोग गरेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनले १५ देखि २० राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।  डेट्रोइटबाट करिब ६५ किलोमिटर...

Pages