STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७९ आषाढ २९, बुधबार

    श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा

    काठमाडौं - श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाया राजापक्ष देश छाडेर भागेपछि पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आपत्काल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । समाचार संस्था एएफपीसँग प्रधानमन्त्री कार्यालयका प्रवक्ता डिनुक कोलोम्बागेले राष्ट्रपति मुलुकबाहिर रहेकाले देशको पछिल्लो अवस्थाको सामना गर्न आपतकाल घोषणा गरिएको बताएका छन् । मंगलबार राति राष्ट्रपति राजापक्ष...

  • २०७९ आषाढ २८, मंगलबार

    जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्तिम संस्कार

    काठमाडौं - जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने भएको छ । गत शुक्रबार एक चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गोली हानेर उनको हत्या गरिएको थियो । अन्तिम संस्कार गर्नुअघि शिन्जो आबेको परिवारले सोमबार निकटहरुको साथमा प्रार्थना सभा राखेको थियो । सो सभामा जापानका हालका प्रधानमन्त्री फुमिया किशिदा लगायत सहभागी भएका थिए । जापानको नारा शहरमा...

  • २०७९ आषाढ २७, सोमबार

    अमेरिकामा फेरि गाेलीकाण्ड, तीनजना मारिए

    एजेन्सी - अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय समय अनुसार राती १२:४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो । ती मध्ये तीन पुरुषको मृत्यु भएको छ भने...

  • २०७९ आषाढ २६, आइतबार

    श्रीलंकाका राष्ट्रपति राजपक्षले बुधबार राजीनामा दिने

    एजेन्सी - श्रीलंकाका राष्ट्रपति गोताबाया राजपक्षले राजीनामा दिने भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गएराति राष्ट्रपति राजपक्षले राजीनामा दिने घाेषणा गरेका हुन् । राष्ट्रपति राजपक्षले आगामी बुधवार राजीनामा दिने जानकारी गराएका छन्। प्रधानमन्त्री रनिल विक्रमासिङ्ग यस अघि नै राजीनामा दिन सहमत भएका छन्। महिनौँदेखि भइरहेका शान्तिपूर्ण प्रदर्शनहरूपछि शनिवार राजधानीमा प्रदर्शनकारीहरू एकत्रित...

  • २०७९ आषाढ २५, शनिबार

    श्रीलङ्कामा राष्ट्रपतिले निवास छाडे

    एजेन्सी - श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवनहरूमा प्रवेश गरेका छन्। राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि श्रीलङ्काका प्रधानमन्त्री रनिल...

  • २०७९ आषाढ २४, शुक्रबार

    बेलायती प्रधानमन्त्रीले दिए पदबाट राजिनामा

    एजेन्सी - संयुक्त अधिराज्य (बेलायत) का प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन्। श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गरेका हुन् । जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेश मन्त्री लिज ट्रसले बिहीबार सबैलाई...

  • २०७९ आषाढ २४, शुक्रबार

    जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

    एजेन्सी - जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ।नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयानुसार बिहान साढे ११ बजे उहाँमाथि गोली प्रहार भएको थियो। भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको ढाडमा लागेको थियो। गोली...

  • २०७९ आषाढ २०, सोमबार

    डेनमार्ककाे राजधानीकाे सपिङ मलमा गाेलाबारी

    एजेन्सी - डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ ।  कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले गोलाबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । गोलाबारीपछि घटनास्थलमा भागदौड मच्चिएको थियो । प्रहरी प्रमुख थोमसेनले हमलाको कारण स्पष्ट नभएको बताए । तर यो...

  • २०७९ जेठ १९, बिहिबार

    टर्कीकाे अब नयाँ नाम - टर्किए

    एजेन्सी - संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई टर्कीको नाम परिवर्तन गरिएको जानकारी दिएका छन् । टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै सो निर्णय...

  • २०७९ जेठ १९, बिहिबार

    लाइभ कन्सर्टमै भारतीय गायक केकेकाे निधन

    एजेन्सी - बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ (केके)को निधन भएको छ। कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो। सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­—पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए। उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘...

  • २०७९ जेठ ११, बुधबार

    अमेरिकाकाे स्कुलमा गाेली चल्दा १८ बालबालिका मारिए

    एजेन्सी - टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा  सहित कम्तिमा २१ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ । घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो यसका विद्यार्थीहरू पाँचदेखि ११...

  • २०७९ बैशाख २८, बुधबार

    श्रीलङ्कामा राजापाक्षेको घरमा आगजनी

    एजेन्सी - चरम आर्थिक सङ्कटमा फसेको मुलुक श्रीलङ्काको अवस्था पछिल्लो समय निक्कै तनावग्रस्त बनेको छ । त्यहाँ सत्तापक्ष र सर्वसाधारणबीच झडप एवम् हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा उत्रिएका सर्वसाधारणले निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको घर जलाइदिएका छन् । निवर्तमान प्रधानमन्त्रीकै घरमा आगजनी गरिएपछि मुलुकभर कफ्र्यू आदेश जारी गरिएको छ । कफ्र्यू उल्लङ्घन गर्नेलाई तत्काल गोली...

Pages