STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७८ फाल्गुण १२, बिहिबार

    रुसले तीनतर्फबाट आक्रमण गर्‌याे : युक्रेन

    रुसले युक्रेनमा तीनतर्फबाट आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । देशको पूर्व, उत्तर र दक्षिणबाट रुसीले सेनाले आक्रमण गरेको युक्रेनी राष्ट्रपतिका सल्लाहाकारले बताएको समाचार एजेन्सी एपीले जनाएको छ । एपीका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमेयर जिलेनेस्कीका सल्लाहाकार मिखाइलो पोडोलिकले रुसी सेनाले ‘तीनफर्तबाट हार्ड अट्याक’ गरेको बताएका छन् । उनले युक्रेनी सेनाले त्यसको प्रतिवाद गरिरहेको...

  • २०७८ माघ २३, आइतबार

    भारतीय गायिका लता मंगेशकर रहेनन्

    माघ २३, एजेन्सी - चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ ।  शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । अघिल्लो दिन उनको स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयूबाट भेन्टिलेटरमा राखिएको थियो । आइतबार शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको जानकारी दिए ।  यसअघि शनिबार लता मंगेशकरको स्वास्थ्यमा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट आईसीयूमा...

  • २०७८ माघ १०, सोमबार

    युरोपमा कोरोना महामारी 'अन्त्यतर्फ'

    माघ १०, एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टले कोभिड–१९ को महामारीलाई नयाँ चरणमा पुर्‍याएको र अब छिटै नै युरोपमा यो महामारी अन्त्य हुन सक्ने विश्वास व्यक्त गरेको छ। डब्ल्यूएचओका युरोप निर्देशक हान्स क्लुगले युरोप एक किसिमले यो महामारीको अन्त्यको दिशातर्फ उन्मुख भएको बताएका हुन्। एएफपीलाई दिएको अन्तवार्तामा उनले आगामी मार्चसम्म युरोपमा ६० प्रतिशत मानिस कोरोना संक्रमित...

  • २०७८ माघ ९, आइतबार

    अफगानिस्तानमा बम विस्फोट, सात जनाको मृत्यु

    ९ माघ, एजेन्सी - अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन । अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ । घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।

  • २०७८ माघ ७, शुक्रबार

    भारतमा एकैदिन थपिए ३ लाख ४७ हजार बढी संक्रमित

    ७ माघ, एजेन्सी - भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३ लाख ४७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टाको तुलनामा नयाँ संक्रमितको संख्या झण्डै ३० हजारले बढेको हो। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि ७०३ पुगेको छ। यससँगै भारतमा कोरोना सक्रिय संक्रमितको संख्या २० लाख नाघेको छ। मन्त्रालयका अनुसार...

  • २०७८ माघ ६, बिहिबार

    भारतमा एकैदिन तीन लाख बढीमा कोरोना पुष्टि

    ६ माघ, एजेन्सी - भारतमा झण्डै आठ महिनापछि एकै दिन तीन लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा ३ लाख १७ हजार ५ सय ३२ नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै सङ्क्रमित भएका पनि खबरमा उल्लेख गरिएको छ । भारतमा झण्डै आठ महिनापछि तीन लाखभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका हुन् । यस्तै, गएको २४ घण्टामा कोरोनाका...

  • २०७८ माघ ५, बुधबार

    खोप वितरणमाअसमानताले विश्वलाई नोक्सानी : डब्ल्यूएचओ

    ५ माघ, एजेन्सी - कोरोना खोप वितरणमा भइरहेको असमानताले स्वास्थ्य क्षेत्रमा मात्रै नभएर विश्वकै अर्थव्यवस्थामा असर पर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । कोरोना विरुद्धको खोप वितरणमा बढ्दै गएको असमानताले विश्वलाई नै नोक्सानी गर्ने डब्ल्यूएचओले बताएको हो । खोप वितरणमा देखिएको यो असमानता तत्काल हटे स्वास्थ्य क्षेत्रमा देखिएको सङ्कट समाधान हुने डब्ल्यूएचओको स्वास्थ्य आपत्कालीन...

  • २०७८ पौष २८, बुधबार

    आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिड फैलिन सक्ने डब्लूएचओको चेतावनी

    पुस २८, एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो...

  • २०७८ पौष २८, बुधबार

    भारतमा कोरोना संक्रमण बढ्दो, झण्डै २ लाख संक्रमित एकैदिन थपिए

    २८ पौष, एजेन्सी - भारतमा कोरोना भाइरसको सङक्रमण बढ्दो क्रममा छ । सङक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको तथ्याङकले देखाएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन एक लाख ९४ हजार ७ सय २० जनामा सङक्रमण पुष्टि भएको छ । अस्ति सोमबार एक लाख ६८ हजार सङक्रमित भएका थिए । सोमबारको तुलनामा मंगलबार झण्डै १६ प्रतिशत अर्थात् २६ हजार ६ सय बढीको संख्यामा सङ्क्रमित थपिएका हुन् । यस्तै...

  • २०७८ पौष २७, मंगलबार

    लता मंगेशकरलाई कोरोना संक्रमण

    २७ पुस एजेन्सी - भारतकी दिग्गज गायिका लता मंगेशकरमा कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनी आईसीयूमा उपचाररत छिन् । उनी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छिन् । उनकी भान्जी रचना शाहले लता आईसीयूमा रहेको एएनआईलाई पुष्टि गरेकी छन् । तर, उनमा सामान्य लक्षण मात्रै देखिएको बताइएको छ ।

  • २०७८ पौष २७, मंगलबार

    भारतमा एकै दिन थपिए एक लाख बढी संक्रमित

    २७ पुस, एजेन्सी - भारतमा पछिल्लो २४ घण्टाको अवधिमा १ लाख ६८ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तेस्रो लहरमा संक्रमितको संख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस अवधिमा २ सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमित ८ लाख २१ हजार ४ सय ४६ पुगेका छन् । भारतको महाराष्ट्रमा सबैभन्दा बढी ३३ हजार ४ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो लहरका बेला गतवर्ष लहर सुरु भएको ५६ दिनपछि...

  • २०७८ पौष २४, शनिबार

    हाइटीमा पत्रकार जिउँदै जलाइएको घटनाको राष्ट्रसंघद्वारा निन्दा

    २४ पुस, एजेन्सी - संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकार हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन्। कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्, दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने। हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं। यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले...

Pages