STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०८१ श्रावण ६, आइतबार

    बङ्गलादेशबाट ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किँदै

    काठमाडौं- बङ्गलादेशमा जारी आन्दोलनका कारण असुरक्षित महसुस गरेका नेपाली विद्यार्थीलाई सरकारले हवाई उद्धार गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १७ विद्यार्थीलाई ढाका विमानस्थलबाट काठमाडौं ल्याइने बताएका छन्। विद्यार्थीका परिवारसँगको छलफलपछि उनीहरूलाई नेपाल फर्काउन लागिएको प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्। नेपाल फर्कन चाहने अन्य विद्यार्थीका लागि पनि...

  • २०८१ आषाढ १८, मंगलबार

    भारतमा सत्संगको क्रममा भागदौड हुँदा १ सयजना भन्दा बढीको मृत्यु

    उत्तर प्रदेश - उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ । उत्तर प्रदेश प्रहरीको आगरा जोनको एडीजी कार्यालयले यसको पुष्टि गरेको हो ।  एडीजी कार्यालयका अनुसार धेरै ठाउँमा शव लगिएको छ, त्यसैले मृत्युको यकिन सङ्ख्या पछि थाहा हुनेछ। यसअघि हातरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले हातरस दुर्घटनामा करिब ६० जनाको मृत्यु भएको र १८ जना घाइते भएको जानकारी दिएका थिए...

  • २०८१ आषाढ ६, बिहिबार

    केजरीवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    एजेन्सी- भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई  राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्ने आदेश दिएको छ । दिल्लीको रक्सी नीति घोटाला मुद्दामा अदालतले जमानत दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । अदालतको यो आदेशपछि उनी शुक्रबार जेलबाट बाहिर आउन सक्ने बताइएको छ । अर्कोतर्फ, प्रवर्तन निर्देशनालय (ईडी) ले जमानतविरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ। यस विषयमा अदालतले शुक्रबार न्यायाधीश...

  • २०८१ जेठ २९, मंगलबार

    विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित ९ जनाको मृत्यु

    काठमाडौं- मलावीको हिमाली क्षेत्र चिकाङ्वा हिमालय शृङ्खलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित ९ जनाको मृत्यु भएको छ।  राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले आज राष्ट्रिय शोकको घोषणा समेत गरको छन्। सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको उक्त सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो। साउलोस...

  • २०८१ जेठ २९, मंगलबार

    मोदी सरकारको मन्त्रालय बाँडफाँडमा को-को बने मन्त्री ?

    एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको मन्त्रिपरिषद्को शपथ ग्रहणको एक दिनपछि नै मन्त्रीहरूको मन्त्रालय बाँडफाँड गरिएको छ । सरकारका महत्त्वपूर्ण मन्त्रालयहरूमा कुनै परिवर्तन भएको छैन।  अमित शाहलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । राजनाथ सिंहले रक्षा मन्त्रालयको जिम्मेवारी नै जारी राख्नेछन्।  विदेश मन्त्री एस जयशंकर, वित्त मन्त्री निर्मला सीतारमण र सडक यातायात...

  • २०८१ जेठ २८, सोमबार

    प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

      भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको...

  • २०८१ जेठ २७, आइतबार

    तेस्रोपटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले लिए शपथ

    काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन्। मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन्। मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले...

  • २०८१ जेठ २५, शुक्रबार

    भारतको प्रधानमन्त्रीमा मोदी नियुक्त, शपथ आइतबार

    काठमाडौं - भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका...

  • २०८१ जेठ २३, बुधबार

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

    काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । उनले चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् ।  यसैगरी उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक आजै बिहान ११.३० बजे बसेको थियो । जसमा सरकारले तेस्रो पटक विजयी भएकोमा धन्यवाद प्रस्ताव...

  • २०८१ जेठ २३, बुधबार

    कंगना रनौत भारतीय लोकसभा निर्वाचनमा विजयी

    काठमाडौं - भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी बलिउड अभिनेत्री कंगना रनौतले लोकसभाको निर्वाचन जितेकी छन् । हिमाचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उनी विजयी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएको जनाइएको छ । मिडिया कुराकानीमा उनले आफ्नो जित प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको विश्वासको रुपमा रहेको बताएकी...

  • २०८१ जेठ २३, बुधबार

    भारत निर्वाचन : अब ७६ सिटको परिणाम आउन बाँकी, भाजपाले जित्यो २१६ सिट

    काठमाडौं - भारतीय लोकसभा निर्वाचन–२०२४ को मतपरिणाम आउनेक्रम जारी रहेको छ । नेपाली समयअनुसार मंगलबार राति १०:५० बजेसम्म ४६७ सिटको मत परिणाम सार्वजनिक भएको छ । अब ७६ सिटको मतपरिणाम मात्र आउन बाँकी छ । कुल ५४३ सिटका लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २१६ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दल...

  • २०८१ जेठ २३, बुधबार

    वाराणसीबाट मोदीको तेस्रो पटक जित

    काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतर प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन्। मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन्।  मोदीले ६ लाख १२ हजार ९७० मत प्राप्त गरेका छन् भने रायले ४ लाख ६० हजार ४५७ मत पाएका छन्।  यस पटक मोदीको जित अन्तर भने घटेको छ। अघिल्लो २०१९ को निर्वाचनमा मोदीले...

Pages