STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७९ माघ २, सोमबार

    भारतीय प्रधानमन्त्री मोदीद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

    एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गर्दै मोदीले ट्वीट गरेका छन् । उनले भारतीय नागरिकसहितको मृत्यु भएकोमा दुःख व्यक्ति गर्दै सोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । उनले यस दुख्द घडीमा आफू र भारत नेपाल र सोकाकुल परिवारको साथमा रहेको बताएका छन् । 

  • २०७९ पौष १९, मंगलबार

    पेलेको आज अन्त्येष्टि गरिंदै

    काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा...

  • २०७९ कार्तिक १६, बुधबार

    नेवाः गुथी डेनमार्कले मनायो नेपाल संवत् ११४३

    काठमाडौं- नेवाःगुथी डेनमार्कले शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्ष (नेपाल संवत् ११४३) भव्य रुपमा मनाएको छ । नेवाःगुथी डेनमार्ककी संस्थापक अध्यक्ष शशी श्रेष्ठले नयाँ वर्षको पहिलो दिन अर्थात् ‘न्हूदँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना आदान प्रदान) कार्यक्रमको आयोजना गरिएको जानकारी गराएकी हुन् । कार्यक्रममा संस्थाका अध्यक्ष राम महर्जनले सहभागी सबैलाई स्वागत गरेका थिए । सबै आदिवासी जनजाति, भाषा–...

  • २०७९ कार्तिक १६, बुधबार

    उत्तर काेरियाले गरे दक्षिणमाथि दश मिसाइल प्रहार

    एजेन्सी - दक्षिण कोरियाको सेनाले बुधबार बिहान उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको जनाएको छ । यी मध्ये एउटा ब्यालेस्टिक मिसाइल पहिलो पटक दक्षिण कोरियाको सामुद्रिक सीमामा खसेको छ । यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो। दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलो पटक भएको बताएको छ । शीर्ष दक्षिण कोरियाली अधिकारी...

  • २०७९ कार्तिक १४, सोमबार

    गुजरातमा पुल भाँचिदा ३५ को मृत्यु

      एजेन्सी - भारतको गुजरातस्थित मोरबीमा पुल भाँचिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबीको केबुल पुल भत्किँदा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् । उक्त दुर्घटनामा कयौं मानिसहरु घाइते भएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रारम्भिक प्रतिवेदन अनुसार केबुल पुल पाँच दिनअघि मात्र मर्मतसम्भार गरेर पुनः सञ्चालनमा आएको थियो । पुल भत्किँदा नदीमा डुबेकाहरुको उद्धार कार्य जारी छ । पुल...

  • २०७९ कार्तिक ८, मंगलबार

    ऋषि बने बेलायतका प्रथम भारतीय मूलका प्रधानमन्त्री

    एजेन्सी - बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेका छन् ।...

  • २०७९ कार्तिक ६, आइतबार

    सी जिनपिङ तेस्रोपटक चीनको राष्ट्रपतिमा निर्वाचित

    एजेन्सी - सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् । एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनी अब माओत्सेतुङको बराबर भएका छन्...

  • २०७९ कार्तिक ४, शुक्रबार

    ४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा

    एजेन्सी - बेलायतका प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएका छन् । पदमा नियुक्त भएको ४५ दिनमै उनले राजीनामा दिएका हुन् । बिहीवार सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताए । उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार...

  • २०७९ आश्विन २७, बिहिबार

    युक्रेनको पक्षमा नेपालको मतदान

    एजेन्सी - संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया रहेका छन् । यसैगरी ३५ देश...

  • २०७९ आश्विन २५, मंगलबार

    मलेसियामा संसद विघटन, मध्यावधि निर्वाचन घोाषणा

      क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी...

  • २०७९ भाद्र २८, मंगलबार

    मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भब्य रुपया मनाइयो इन्द्रजात्रा

    अमेरिका– मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्रजात्रा (येँयाः) भव्यताको साथ सम्पन्न भएको छ । साथै जातीय भेषभूषामा सहभागी भएका बालबालिकाहरुलाई पुरस्कृत समेत गरिएको छ ।नेपाः कम्युनिटी यूएसएले (नेपा समुदाय अमेरिका) आयोजना गरेको उक्त समारोह मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा सेप्टेम्बर १० शनिबारका दिन अत्यन्तै राम्रो मौशममा सम्पन्न गरिएको छ । महामारीको...

  • २०७९ भाद्र २४, शुक्रबार

    बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

    एजेन्सी - बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया एलिजाबेथको आज निधन भएको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको हो  । स्वास्थ्यमा समस्या आएपछि उनी चिकित्सकको निगरानीमा थिइन् ।  उनले दुई पटक नेपालको भ्रमण गरेकी थिइन् ।  बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स...

Pages