STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

केजरीवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ ६, बिहिबार

एजेन्सी- भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई  राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्ने आदेश दिएको छ ।

दिल्लीको रक्सी नीति घोटाला मुद्दामा अदालतले जमानत दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । अदालतको यो आदेशपछि उनी शुक्रबार जेलबाट बाहिर आउन सक्ने बताइएको छ ।

अर्कोतर्फ, प्रवर्तन निर्देशनालय (ईडी) ले जमानतविरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ। यस विषयमा अदालतले शुक्रबार न्यायाधीश समक्ष बहस गर्न सकिने बताएको छ । यसअघि, ईडीले अदालतलाई ४८ घण्टाको लागि जमानतमा रोक लगाउन भनिएको थियो, तर छुट्टै बेन्चले यसलाई अस्वीकार गर्यो ।

अदालतले दिल्लीका मुख्यमन्त्रीलाई १ लाख रुपैयाँको जमानत बुझाउन भनेको छ । यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो । केजरीवाल सर्वोच्च आदेश अनुसार जुन २ मा जेलमा हाजिर भएका थिए ।

Categorized in अन्तर्राष्ट्रिय