STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०८० श्रावण १९, शुक्रबार

    राहुल गान्धीको सजायमा अन्तरिम रोक

    एजेन्सी - मोदी उपनामको विषयमा टिप्पणी गरेर कानुनी दाउपेचमा फसेका कांग्रेस नेता राहुल गान्धीलाई सर्वोच्च अदालतले राहत दिएको छ । शुक्रबार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा अन्तरिम रोक लगाएको छ । यसअघि, गुजरात उच्च अदालतले मोदी उपनामको विषयमा गान्धीले गरेको टिप्पणीलाई लिएर तल्लो अदालतले तोकेको सजाय रोक्न अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले गान्धीलाई किन अधिकतम सजाय दिइयो ? भन्दै प्रश्न समेत...

  • २०८० श्रावण ८, सोमबार

    ट्विटरको लोगो परिवर्तन, चराकाे ठाउँ अब एक्स

    एजेन्सी - एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । ट्विटरको ट्विटर ह्यान्डलमा चराको ठाउँमा एक्स राखिएको हो । ट्विटरमा रहेको चराको फोटो पनि आजै परिवर्तन गरिने मस्कले ट्विट गर्दै जानकारी दिएका छन् । मस्कले एक्स डटकम वेबसाइट खोल्दा ट्विटर डटकम खुल्ने भइसकेको पनि बताएका छन् । ट्विटर कम्पनीलाई खरिद गरेपछि मस्कले एक्स कर्प कम्पनीका रूपमा रिब्रान्डिङ गर्न खोजेका छन् । सोहीअनुसार लोगो परिवर्तन र...

  • २०८० आषाढ २९, शुक्रबार

    अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै

    संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आउँदै हुनुहुन्छ । उहाँले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नुहुनेछ र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्नु हुने  दूतावासले जनाएको छ । यसका साथै उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ जनाइएको छ । साथै उहाँले...

  • २०८० जेठ ३२, बिहिबार

    अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन दुर्व्यवहार !

    एजेन्सी- एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन्। बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन टिप्पणी’ भएको, भर्‍याङ्मा भाग्नै नसकिने परिस्थिति सृजना गरिएको केही ‘शक्तिशाली पुरुष’द्वारा ‘गलत नियतले छोइएको र प्रस्ताव’ गरिएको दाबी गरेकी छन्। लिवरल पार्टीका सांसद डेभिड भानले...

  • २०८० जेठ २९, सोमबार

    राष्ट्रपति बाइडेनले अवैधानिक रकम आर्जन गरेको खुलासा

    राष्ट्रपति बाइडेनले युक्रेनबाट ५० लाख डलर अवैधानिक रकम आर्जन गरेको खुलासा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको एउटा पेट्रोल कम्पनीबाट ५० लाख डलर अवैधानिक रकम आयआर्जन गरेको रहस्यको खुलासा भएको छ। फक्स न्युज टेलिभिजनका अनुसार राष्ट्रपति बाइडेनले बरिस्मा होल्डिङ्ग्स नामक कम्पनीबाट उक्त रकम लिएका हुन्। यो कम्पनीमा राष्ट्रपति बाइडेनका छोरा हन्टर बाइडेन बोर्ड सदस्य थिए र उनले यो कम्पनीमा लामो...

  • २०८० जेठ २१, आइतबार

    भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुग्यो

      एजेन्सी- भारतको पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ भने अन्य ८०३ जना घाइते भएका छन् । टाइम्स अफ इन्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “२० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ । घाइते यात्रुलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ । ओडिसा राज्यको...

  • २०८० जेठ १२, शुक्रबार

    पाकिस्तानको विष्फोटमा परी दुई जनाको मृत्यु

    पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते भएका दुई जनालाई उद्धार गर्न मानिसहरू घटनास्थल पुग्ने बित्तिकै दूर नियन्त्रित उपकरणबाट दोस्रो विस्फोट गराउँदा दुई जना उद्धारकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ । दोस्रो विष्फोटमा दुई...

  • २०८० जेठ ५, शुक्रबार

    सरकार र पत्रकार मिलेर अगाडि बढ्न सके लोकतन्त्र बलियो हुने उदघोष

    आगरा, 17 मई।  उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको कुरा उल्लेख गर्दै सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्छ, तब मात्र देश र राज्यको उन्नति सम्भव छ भनि उदगार पोखेका छन् ।  प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश पत्रकार संघको आयोजना तथा सार्क जर्नलिस्ट्स फोरमको सहयोगमाा ​आयोजित इन्डो–नेपाल–बंगलादेश मिडिया कन्क्लेभ–२०२३ मा...

  • २०८० बैशाख ३१, आइतबार

    कर्नाटकमा कंग्रेसको बहुमत

    दक्षिण भारतको कर्नाटक प्रदेशमा कंग्रेसले प्रष्ट बहुमत पाएको छ। विधानसभाका २२४ सिटमध्ये कंग्रेसले १३६ सिटमा जित हात पारेको छ। जहाँ सरकार बनाउन ११३ सिट चाहिन्छ। अघिल्लो पटक १०४ सिट जितेको भाजपाले यस पटक ६५ सिटमा चित्त बुझाउनु परेको छ। कंग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ र मानहानि मुद्दामा अदालतले दोषी ठहर गरेर उनको सांसद पद गुमेपछि भएको पहिलो चुनावमा कंग्रेसले भाजपालाई पछाडि पार्दै सफलता...

  • २०८० बैशाख ३१, आइतबार

    अमेरिकामा पनि मनाइयो बुद्ध जयन्ती

    हिमालयन बुद्धिष्ट कम्युुनिटि इन अमेरिकाको तत्वावधानमा अमेरिकामा पनि भव्य र शान्त रुपमा २५६७ अौं बुद्ध जयन्ती मनाइएको छ । सो अवसरमा एउटा र्यालि ले नगर परिक्रमा पनि गरेको थियो । बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रम मा उक्त संस्थाका सचिव सुवर्ण शाक्य ले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका अध्यक्ष हृदय तुलाधर ले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको शुरुमा अध्यक्ष तुलाधर ले भगवान बुद्धको...

  • २०८० बैशाख १०, आइतबार

    नेपालमा खाेजिभइरहेका अमृतपाल सिंह पञ्जाबमा पक्राउ परे

      काठमाडौं - ‘वारिस पन्जाब दे’ संगठनमार्फत भारत टुक््रयाउने अभिव्यक्ति दिँदै आएका प्रमुख अमृतपाल सिंह पक्राउ परेका छन् । उनी भारतको पन्जाब प्रहरीमार्फत पक्राउ परेका हुन् । खलिस्तान समर्थक नेता रहेका उनी शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै आएका छन् । भारतीय दूतावासले यसअघि उनी नेपालमा लुकेर बसेको दावी गरेको थियो । भारतीय सुरक्षाकर्मीहरु नेपाल आएर खोजीसमेत गरेका थिए । तर उनी भारतबाटै...

  • २०७९ चैत्र २२, बुधबार

    ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग

    काठमाडौं –अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयार पारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ । न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् । सन्...

Pages