अन्तर्राष्ट्रिय
-
२०८१ भाद्र १७, सोमबार
मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण
नयाँदिल्ली - भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ । आइतबार विद्रोहीहरूले गरेको ‘अभूतपूर्व आक्रमण’ मा ३१ वर्षीया महिलाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले बताएको छ । विद्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका थिए । सन् २०२३ मा मणिपुरमा...
-
२०८१ भाद्र ७, शुक्रबार
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा राष्ट्रसङ्घद्वारा स्वागत, नेपाल सरकारलाई सघाउने प्रतिबद्धता
काठमाडौँ, संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकामा...
-
२०८१ भाद्र ५, बुधबार
दुबईमा सम्पन्न बिश्व आदिवासी जनजाति दिवसमा नेवा: पुच: युएईको सहभागिता
दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको बिशाल हलमा ३०औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस समारोह भव्य रुपमा सम्पन्न गरिएको छ । सो समारोहमा विभिन्न जातिय खानपान, भेषभूषाहरुको प्रदर्शन, शुभकामना आदान प्रदानका साथै मौलिक संस्कृति झल्काउने खालका नाचगान प्रस्तुत गरिएको थियो । विगतमा जस्तै यसपालि विश्व आदिवासी दिवस ११ वटा जातिय संस्थाहरुको छाता संस्था नेपाल आदिवासी जनजाति महासंघ ( नेफिन )...
-
२०८१ भाद्र १, शनिबार
भारतमा डाक्टरको बलात्कारपछि हत्या : देशभरका चिकित्सक विरोध प्रदर्शनमा
एजेन्सी - कोलकाताको आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि विभत्स तरिकाले हत्या गरिएको थियो। यो घटनाको विरोध गर्दै भारतभर शनिबार पनि चिकित्सकहरूले विरोध प्रदर्शन गरिरहेका छन् । इन्डियन मेडिकल एसोसिएसनले कोलकाता घटनाको विरोधमा अगस्ट १७ मा सबै मेडिकल सेवा बन्द गर्ने निर्णय गरेको छ । सूचनामा आईएमएले लेखेको छ– 'हामीले अगस्ट १७ मा बिहान ६ बजेदेखि २४ घण्टाका लागि चिकित्सा सेवा बन्द...
-
२०८१ श्रावण ३१, बिहिबार
भाषिक समानताले भारत–नेपाल सम्बन्ध सुमधुर’
कोलकाता, ३१ साउनः आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीले संसारका विभिन्न मुलुकमा पुगेका नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने माध्यम नेपाली भाषा भएकाले यसको संरक्षणमा जोड दिएका छन् । पश्चिम बङ्गालका खाद्य र उद्योगमन्त्री अनुप रायले नेपाली...
-
२०८१ श्रावण २४, बिहिबार
युनुसले लिए बंगलादेशको अन्तरिम सरकार प्रमुखको शपथ
काठमाडौं - नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका छन् । बिहीबार राति राष्ट्रपति निवास बंगभवनमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनबाट उनले शपथ लिएका हुन् । युनुस स्थानीय समयअनुसार बेलुका ८ः२५ बजे बंगभवन परिसर पुगेका थिए । बंगभवन बाहिर पर्खिरहेको भिडले उनलाई स्वागत गरेको थियो । शपथ समारोहमा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, व्यापारी र पूर्वविपक्षी...
-
२०८१ श्रावण २१, सोमबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न राष्ट्रपतिको आदेश
काठमाडौं - बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् । उनकी कट्टर प्रतिद्वन्द्वी शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपतिको आदेश आएको हो । राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा बसेको बैठकले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तुरुन्त रिहा गर्ने निर्णय गरेको...
-
२०८१ श्रावण २१, सोमबार
बङ्गलादेशका प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा, सेना प्रमुख जमानद्वारा अन्तरिम सरकार बनाउने घोषणा
बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुभएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराउनुभएको छ । प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिनुभएको हो । उहाँले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “प्रधानमन्त्री शेख हसिनाले...
-
२०८१ श्रावण २१, सोमबार
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाेडिन् देश
काठमाडौँ - देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ । बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् । बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । आइतबार विरोध...
-
२०८१ श्रावण १४, सोमबार
“भाषाको संवर्द्धनमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण”
वाशिङ्गटन डिसी, नेपाली भाषा र साहित्यको क्षेत्रमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण हुने आइतबार यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ । मेरिल्यान्डमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसासले आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले विश्वभर छरिएर बसेका नेपालीसँगै भाषा र साहित्य पनि ती भूगोलमा पुगेकाले नेपाली भाषीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो । मेरिल्यान्ड...
-
२०८१ श्रावण ८, मंगलबार
अमेरिकी राष्ट्रपतिमा कमला ह्यारिसलाई समर्थन गर्ने जो बाइडनको घोषणा
काठमाडौं - अमेरिकाका राष्ट्रपति जो बाइडनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन्। आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेर उनले उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका हुन्। उनले डेमोक्र्याटिक पार्टीबाट ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बनाउन समर्थन गर्ने घोषणा गरेका हुन्। ८१ वर्षीय बाइडनले एक विज्ञप्ति जारी गर्दै आइतबार राती ‘...
-
२०८१ श्रावण ६, आइतबार
बंगलादेशमा आरक्षण विरोधी आन्दोलन : अहिलेसम्म ३५ जनाको मृत्यु, देशभर कर्फ्यू
बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । तर यो आन्दोलनले...


