अन्तर्राष्ट्रिय
-
२०८२ बैशाख २८, आइतबार
भारत र पाकिस्तान युद्धविराम गर्न सहमत
काठमाडौँ । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। यो दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। डोनाल्ड ट्रम्पले भने, 'अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन्। म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु।’ भारत र पाकिस्तानबिच एक...
-
२०८२ बैशाख २६, शुक्रबार
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
काठमाडौं - नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै दूतावासले सो आग्रह गरेको हो । सूचनामा भारतको जम्मु काश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमहरूलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन भारत सरकारले जारी...
-
२०८२ बैशाख २६, शुक्रबार
भारत-पाकिस्तान तनावले सिमावासी विस्थापित
काठमाडौं - भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच लाइन अफ कन्ट्रोल (एलओसी) आसपासका स्थानीय विस्थापित भएका छन् । एलओसीनजिक गोली हानाहान चलिरहेकाले भारततर्फका स्थानीय आफ्ना घर छाडेर सुरक्षित स्थानको खोजीमा विस्थापित भएका छन् । भारत र पाकिस्तानबीच नयाँ स्तरमा सुरु भएको शत्रुताले सीमा क्षेत्रमा बसोबास गर्नेहरूका कठिनाइ बढाएको बीबीसीले जनाएको छ । विगतमा पनि दुई देशबीच तनाव हुँदा तथा युद्धको समयमा...
-
२०८२ बैशाख २६, शुक्रबार
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल
नयाँ दिल्ली - भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि फेरि गोलाबारीको आवाज सुन्न थालिएको छ । श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरले कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा स्थानीय समय अनुसार साँझ ७ः२० बजेदेखि गोलाबारी सुरु भएको जनाएका छन् । एएनआई न्यूज एजेन्सीका अनुसार उत्तरी क्षेत्रमा गोली र विस्फोटका आवाज सुनिएको छ । पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको बीबीसी संवाददाताले...
-
२०८१ चैत्र २०, बुधबार
यी हुन् फोर्ब्सका नयाँ १५ अर्बपति, एक नम्बरमा एलन मस्क
काठमाडौं - विश्वप्रसिद्ध पत्रिका फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । फोब्सले बुधबार सार्वजनिक गरेको सूचीमा एक अर्ब डलर भन्दा धेरै सम्पत्ति भएका २९३३ जनाको नाम सार्वजनिक गरिएको हो । उक्त सूचीको सबैभन्दा माथिल्लो स्थानमा अमेरिकी अर्बपति व्यापारी एलन मस्क रहेका छन् । अमेरिकी सरकारी प्रभावकारिता विभाग (डज) का प्रमुख समेत रहेका उनी ३०० अर्ब डलरसहित पहिलो...
-
२०८१ चैत्र १७, आइतबार
क्यानडाका प्रधानमन्त्रीमाथि बौद्धिक चोरीको आरोप
काठमाडौं - क्यानडाका प्रधानमन्त्री मार्क कार्नीमाथि बौद्धिक चोरी (प्लेजियरिज्म)को आरोप लागेको छ । प्रधानमन्त्री कार्नीलाई सन् १९९५ मा अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने क्रममा आफ्नो शोधपत्र (थेसिस) “द डाइनामिक एड्भान्टेज अफ कम्पिटिसन”को केही अंश आधिकारिक लेखकलाई उद्वरण नगरी प्रयोग गरेको आरोप लागेको हो । समाचारपत्र “द नेसनल पोस्ट”लाई उद्धृत गर्दै बेलायतबाट प्रकाशित हुने इन्डिपिन्डेन्ट...
-
२०८१ चैत्र १७, आइतबार
म्यान्मारमा विनाशकारी भूकम्पमा परी मर्नेको संख्या १६ सय नाघ्यो
काठमाडौं - म्यान्मारमा गएको विनाशकारी भूकम्पपछि मर्नेहरुको संख्या बढेर १६ सय नाघेको छ । उपकरणहरुको अभाव, सञ्चार नेटवर्कको समस्या तथा सडक, पुल भत्किएका कारण जीवित व्यक्तिको खोजीमा बाधा पुगेको छ । भूकम्पले देशको सबैभन्दा ठूलो शहर मांडलेको अधिकांश भाग तहसनहस गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्ताले १२ मध्यम खाले अपार्टमेन्ट उधिन्दा ३० घण्टापछि एक महिलालाई जीवितै उद्धार गरेका छन् ।...
-
२०८१ चैत्र १७, आइतबार
म्यानमार भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
काठमाडौँ - म्यानमारमा गएको विनाशकारी भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको बताएका छन् । ‘विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी छौँ’, उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । गैरआवासीय नेपालीहरूको राहतका लागि...
-
२०८१ चैत्र १७, आइतबार
अमेरिकाले दुई महिनामा गर्यो ३०० भन्दा बढी विद्यार्थी, पर्यटकको भिसा रद्द र निष्कासन
काठमाडौं - अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफूले पदभार ग्रहण गरेपश्चात् अनुमानित ३०० भन्दा बढी विद्यार्थी, पर्यटक र अरू व्यक्तिको भिसा रद्द गरी निष्कासन गर्ने पत्रमा हस्ताक्षर गरेको बताएका छन् । द न्युयोर्क टाइम्सका अनुसार, ती व्यक्तिहरूलाई उनीहरूको विदेश नीति प्रतिकूल धारणा राख्दा वा आपराधिक गतिविधिका कारण निष्कासन गरिएको हो । जनवरीको अन्त्यमा पदभार सम्हालेपछि उनले दैनिक रूपमा भिसा रद्द...
-
२०८१ चैत्र १०, आइतबार
ट्रम्पले गरे पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज
वासिङटन - संयुक्त राज्य अमेरिकाले शुक्रबार लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आउँदो वर्षको जनवरीसम्म लागु हुने यो आदेशले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले सन् २०२२ अक्टोबरमा सुरु...
-
२०८१ चैत्र ६, बुधबार
अमेरिकी भिसा होल्डरहरु होसियर, जुनसुकै बेला हुनसक्छ भिसा रद्द र निष्कासन
काठमाडौं - संयुक्त राज्य अमेरिकाले भिसासम्बन्धी नीतिमा परिवर्तन गरिरहेका बेला अमेरिकी भिसाबाहकहरुलाई निगरानीमा राखिने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने जनाएको छ । उनीहरुले अमेरिकी कानून र आप्रवासनका नियमहरु पालना नगरेको पाइमा जुनसुकै बेला भिसा रद्द गरेर निष्कासन गरिने समेत अमेरिकी दूतावासले जनाएको छ । उनीहरुलाई निरन्तर भिसा...
-
२०८१ फाल्गुण १८, आइतबार
ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण वार्तापछि रूस–युक्रेन युद्ध निरन्तर
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार तनावपूर्ण भेटवार्तापछि रूससँग युद्धविरामको सम्भावना तत्काल हटेको छ । अमेरिकी राष्ट्रपतिको कार्यकक्ष ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच वार्ता भएको थियो । विभिन्न सञ्चारमाध्यमले लाइभ गरेको करिब ५० मिनेटको वार्ताको अन्तिम दश मिनेटमा तनाव चर्किएको थियो । वार्ताले नराम्रो रूप लिएपछि तय गरिएको भोज...


