STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

Janjati Khabar – Janjati Khabar | २०८२ बैशाख २८, आइतबार

काठमाडौँ । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। यो दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।

डोनाल्ड ट्रम्पले भने, 'अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन्। म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु।’

भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्ने र एक तटस्थ स्थानमा विभिन्न मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति गरेको बताएका छन् । 

रुबियोले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र  पाकिस्तानी प्रधानमन्त्री  शहबाज शरिफलाई शान्तिको मार्ग रोजेकोमा उनीहरूको बुद्धिमत्ता, विवेकशीलता र नेतृत्वको सराहना गर्छौं।’

उनले र जेडी भ्यान्सले विगत ४८ घण्टा भारतीय र पाकिस्तानी उच्च अधिकारीहरूसँग छलफल गरेका थिए। यसैगरी पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले पनि पाकिस्तान र भारत तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएको बताएका छन्।

भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । भारत र पाकिस्तानले पनि यसको पुष्टि गरेका छन् । 

एएनआईको रिपोर्ट अनुसार, गोलाबारी र सैन्य कारबाही रोक्न भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्ता समेत भएको छ। आज दिउँसो दुवै देशका डाइरेक्टर जेनेरल अफ मिलिटरी अपरेसन बिच छलफल भएको र त्यसपछि युद्धविरामको सहमति भएको रिपोर्टमा उल्लेख छ । 

Categorized in अन्तर्राष्ट्रिय