STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

तेस्रोपटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले लिए शपथ

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २७, आइतबार

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन्। मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन्।

मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूले सहभागिता जनाएका छन्।

सन् २०१४ र २०१९ को चुनावमा भारतीय जनता पार्टीले एकल बहुमत हासिल गरेपछि मोदी दुई कार्यकाल यसअघि प्रधानमन्त्री भइसकेका छन् ।

यसपटक भाजपाले एकल बहुमत नल्याएपनि भाजपासहितका नेशनल डेमोक्रेटिक अलायन्सको बहुमतका आधारमा मोदीका लागि तेस्रोपटक प्रधानमन्त्री बन्ने ढोका खुलेको हो ।

मोदीले आफ्नो मन्त्रिपरिषद्का महत्त्वपूर्ण मन्त्रालयहरूमा पुरानै मन्त्रीहरूलाई दोहोर्‍याएका छन् । राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, जेपी नड्डा, शिवराजसिंह चौहान, एस। जयशंकर, पीयूष गोयल लगायत मन्त्री बनेका छन्।

मोदीले गठबन्धनका मुख्य घटक नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडू नेतृत्वको तेलगु देशम पार्टीबाट पनि मन्त्री बनाएका छन् । 

Categorized in अन्तर्राष्ट्रिय