STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७८ आश्विन ४, सोमबार

    अफगानी महिला कर्मचारीलाई कार्यलय जान प्रतिबन्ध

      अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यलय नजान निर्देशन दिएका हुन् । काबुल महानगरका कूल तीन हजार कर्मचारीमध्ये एकतिहाई महिला छन् । कट्टर मुस्लिम सरकारले अफगान महिलामाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । सन् १९९० को दशकमा सत्तामा रहँदा तालिवानले महिलालाई विद्यालय...

  • २०७८ भाद्र २८, सोमबार

    तालिबानको नयाँ नियम : महिला पुरुष सँगै पढ्न नपाइने

    तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ ।  साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ ।  नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले देशमा अब सहशिक्षा अर्थात पुरुष र महिलालाई एकसाथ अध्धयनको अनुमति दिइने छैन ।  हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने बताएका...

  • २०७८ भाद्र २२, मंगलबार

    अफगानिस्तानमा तालिबानको सरकार घोषणा

    आन्दोलनमार्फत अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिबान समूहले सरकारको घोषणा गरेको छ । अफगानिस्तान कब्जा गरेको तीन सातापछि तालिबानले सरकारको घोषणा गरेको हो ।  केही दिनदेखि सरकार घोषणा गर्ने बताएको तालिबान अन्तत: मंगलबार यसको घोषणा गरेको हो ।  तालिबानले घोषणा गरेको सरकारका प्रधानमन्त्री मुल्लाह हसन अखुन्द बन्‍ने भएका छन् । यस्तै उपप्रधानमन्त्रीमा तालिबानका संस्थापक मुल्लाह गनी बरादर हुने बताइएको छ...

  • २०७८ भाद्र २०, आइतबार

    तालिवानले कब्जा गर्न नसकेकाे पञ्जशीरमा भीषण युद्ध जारी

    अफगानिस्तानको राजधानी काबुलको उत्तरमा अवस्थित पञ्जशीर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त मध्ये एक हो । यो एक मात्र यस्तो प्रान्त हो जसलाई तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन । तालिबान र स्थानीय विद्रोहीबीच पञ्जशीर कब्जाका लागि लडाई जारी छ । शनिबार पनि भीषण युद्ध भएकाे खबर छ । दुवै पक्षले पञ्जशीर आफ्नाे नियन्त्रणमा आइसकेकाे दाबी गरे पनि त्यहाँकाे  स्थिति स्पष्ट नरहेकाे...

  • २०७८ भाद्र १८, शुक्रबार

    बेलायतले लगायो म्यानमारमाथि प्रतिबन्ध

    बेलायत सरकारले म्यानमारमाथि नयाँ प्रतिबन्ध लगाएको छ । बेलायतले म्यानमारको जुन्ता सरकारको प्रमुख व्यापार साझेधार कम्पनी होतु ग्रुप र त्यसका संस्थापक ते जामाथि प्रतिबन्ध लगाएको हो । संस्थापक जाले सेनाको जुन्ता सरकारलाइ हतियार उपलब्ध गराउन सम्झौता गरेको बेलायतको आरोप छ । म्यानमारका अल्पसंख्यक रोहिन्जा समुदाय दमन गर्न सो समूहले सन् २०१७ मा हतियार उपलब्ध गराएको पनि बेलायतको आरोप छ । सेनाको दमनका कारण...

  • २०७८ भाद्र १३, आइतबार

    काबुल विमानस्थल नजिक फेरि विस्फोट

    अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ । यसअघि शक्तिशाली विस्फोटनको घटना हुँदा झण्डै एक सय ७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो । विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरू गरिरहेका बेला विस्फोटन भएको हो ।विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको...

  • २०७८ भाद्र ११, शुक्रबार

    विमानस्थल खालि गर्न तालिबानको चेतावनी

    अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको छ । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् उद्धार कार्य जारी राखेको र अझै ठूलो संख्यामा उद्धार बाँकी रहेको भनिरहेकै समयमा सो विस्फोट भएको हो ।    अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौं मानिसको दैनिक उद्धार गरिरहेको छ । तर तालिबान समूहले भने विमानस्थल छोड्न चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एसययाली मुलुकका नागरिकहरू...

  • २०७८ भाद्र १, मंगलबार

    कस्तो होला तालिवानको नयाँ सरकार ?

    काठमाडौँ - झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तर्राष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् । उनीहरूमध्ये अधिकांशले अफगानिस्तानमा फेरि पनि कट्टरपन्थी, रुढीवादी, अनुदारवादी र अलोकतान्त्रिक शासन व्यवस्था लागू हुने अनुमान गरेका छन् ।...

  • २०७८ श्रावण ३२, सोमबार

    उद्धारकाे प्रतीक्षामा रहेका अफगानिस्तानका १३४ नेपाली सरकारको सम्पर्कमा

    काठमाडौं - अफगानिस्तानबाट १३४ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् । सोमबार साँझसम्म १३४ नेपाली र उनीहरुका आफन्तले अफगानिस्तानमा कार्यरत श्रमिकबारे जानकारी दिएका हुन् । आइतबार परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको थियो । उनीहरु...

  • २०७८ श्रावण ३१, आइतबार

    अफगानी राष्ट्रपति देश छाडी भागे

    अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् । आइतबार चरमपन्थी संगठन तालिबानी राजधानी काबुलमा प्रवेश गरेपछि घानीले देश छोडेको विदेशी अफगानी सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । टोलो न्यूजले स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति घानीसँगै उनका सहयोगीहरूले पनि देश छोडेको दाबी गरेको छ । यस्तै, रोयटर्सले राष्ट्रपति घानी देश छोडेर ताजिकिस्तान भागेको दाबी गरेको छ । अफगान गृह मन्त्रालयका एक वरिष्ठ...

  • २०७८ श्रावण ८, शुक्रबार

    अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा

    अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो । प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु...

  • २०७८ श्रावण ७, बिहिबार

    सिरियामा इजरायली मिसाइल आक्रमण

    बुधबारको मध्यरातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ । सिरियाको समाचार समिति सानाले सो समाचार दिएको छ । सानाका अनुसार गत राति मध्यदेखि सिरियामा सो हमला भएको हो ।उक्त साना समाचार समितिले सो हमला...

Pages