STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गुजरातमा पुल भाँचिदा ३५ को मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १४, सोमबार

 

एजेन्सी - भारतको गुजरातस्थित मोरबीमा पुल भाँचिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबीको केबुल पुल भत्किँदा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् ।

उक्त दुर्घटनामा कयौं मानिसहरु घाइते भएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रारम्भिक प्रतिवेदन अनुसार केबुल पुल पाँच दिनअघि मात्र मर्मतसम्भार गरेर पुनः सञ्चालनमा आएको थियो ।

पुल भत्किँदा नदीमा डुबेकाहरुको उद्धार कार्य जारी छ । पुल भत्किएपछि स्थानीय बासिन्दाको सहयोगमा नदीमा डुबेका मानिसको प्रशासनले उद्धार गरिरहेको छ । घाइतेलाई अस्पताल र्पुयाउन एम्बुलेन्स घटनास्थल पुगेको छ ।

Categorized in अन्तर्राष्ट्रिय