STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७८ मङ्सिर १३, सोमबार

    पेरुमा ७.५ म्याग्निच्युडको भूकम्प

    १३ मंसिर, एजेन्सी - पेरुमा शक्तिशाली भूकम्प गएको छ। उत्तरी पेरुमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन्। त्यस्तै भूकम्पमा कम्तिमा १० जना मानिस घाइते भएका छन्। भूकम्पपछि निरन्तर पराकम्पन गइरहेका छन्। भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू–सर्वेक्षण केन्द्रले जनाएको छ। भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन्। भूकम्पले छिमेकी...

  • २०७८ मङ्सिर १२, आइतबार

    भारतमा पनि देखियो कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

    १२ मंसिर, एजेन्सी - दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् । विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी...

  • २०७८ कार्तिक २४, बुधबार

    न्युयोर्कमा नेपालसम्बत र म्ह पूजा मनाइयो

    न्युयोर्क नेवा गुठीले विगत झैं यस पटक पनि विशेष कार्यक्रमको साथ नेपालसम्बत ११४२ र म्ह पूजा एकै साथ भव्य रुपमा मनाइयो । नेवार समुदायको महान पर्व नेपालसम्बत र म्ह पुजाको यो बिशेष दिनमा न्युयोर्कको ज्याक्सन हाइटमा नेवार समुदाय विहानै भेला भई रातो टीका लगाई उसिनेको अण्डा र माछाको सगुन दिई पाहुनाहरुको स्वागत गरिएको थियो । उक्त अवसरमा उपस्थित सबै जना भिन्तुनाको शुभकामना आदानप्रदान गरिएको थियो । गुठीका...

  • २०७८ आश्विन ३१, आइतबार

    भारतको केरलामा बाढी, जनजीवन प्रभावित

    भारतको केरलामा ठूलो पानीका कारण आएको बाढीले जनजीवन प्रभावित बनेको छ । बाढीका कारण केरलामा अहिलेसम्म ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ । केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् । भारतको मौसम विज्ञान...

  • २०७८ आश्विन १८, सोमबार

    भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

    भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ । गान्धीलाई सितापुर हिरासतमा राखिएको बीबीसीले जनाएको छ । गान्धीलाई पक्राउ गरेपछि उनका समर्थकले तत्काल उनको रिहाइ गर्न माग गरेका छन् ।

  • २०७८ आश्विन १७, आइतबार

    ड्रग्स पार्टीबाट शाहरुख खानका छोरा पक्राउ

    भारतको मुम्बईमा नार्कोटिक कन्ट्रोल ब्यूरो–एनसीबी (लागुऔषध नियन्त्रण ब्यूरो)ले शनिबार राति एक क्रुज शिपमा छापा मारेको छ ।  उक्त शिपमा ड्रग्स पार्टी चलिरहेका बेला एनसीबीले छापा मारेको हो ।  त्यसक्रममा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ, जसमा दुई जना युवती पनि छन् ।  स्थानीय मीडियाका अनुसार हिरासतमा लिइएका मध्ये एक बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पनि छन् ।  एनसीबीका अधिकारीले घटनाबारे थप...

  • २०७८ आश्विन १२, मंगलबार

    कम्युनिष्ट नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश

    भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व-अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का युवा नेता कन्हैया कुमारले कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । मंगलबार उनी आधिकारिकरुपमा कांग्रेसमा प्रवेश गरेका हुन् । भारतीय न्युज एजेन्सी एएनआईका अनुसार उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस आइले ट्वीटमार्फत युवामाझ चर्चित विद्यार्थी...

  • २०७८ आश्विन १०, आइतबार

    तालिवानले चार अपहरणकारीको हत्या गरी चोकमा झुन्डाए

    तालिवानले अपरहणको आरोप लागेका चार जनालाई गोली हानी हत्या गरेर उनीहरुको शब सार्वजनिक स्थलमा झुन्डाएका छन् । तालिवानका एक वरिष्ठ अधिकारीले अपराध गर्नेलाई सरकारले कठोर सजाँय दिने चेतावनी दिएको दुई दिन नबित्दै हेरात सहरमा पछिल्लो घटना सार्वजनिक भएको हो । हत्या गरेपछि तालिवान लडाकुले ती कथित अपहरणकारीमध्ये एक जनाको शव बजारको व्यस्त चोकमा प्रदर्शन गरेका थिए । स्थानीय व्यापारी वाजिर अहमद सिद्दिकीका...

  • २०७८ आश्विन ८, शुक्रबार

    दिल्लीमा अदालत अगाडि गोली चल्दा तीनको मृत्यु

    दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । शुक्रबार भएकाे उक्त घटनामा परी तीन जनाको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएकाे छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ । आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

  • २०७८ आश्विन ६, बुधबार

    अफगानिस्तानमा मन्त्रिपरिषद् विस्तार, एकजना पनि महिला सत्तामा पुगेन

    अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहिन भएको छ ।अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडी काम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन् । इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यता अनुरुप महिलाहरुलाई मन्त्रिपरिषद्मा सहभागी नबनाएको बताइएको छ ।तर सूचना तथा सञ्चार राज्यमन्त्री जाबिहुल्लाह मुजाहिद्धिनले भने पछाडी...

  • २०७८ आश्विन ६, बुधबार

    अमेरिका र चीनलाई वार्ता गर्न संयुक्त राष्ट्रद्वारा आग्रह

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संयुक्त राज्य अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गरेका छन्। उनले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ लक्ष्यित गरेका छन्। “यो समस्याको लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा यस बारे धेरै कम पूर्वानुमान गर्न सकिनेछ । गुटेरेसले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटनका क्रममा उक्त धारणा राख्दै भने...

  • २०७८ आश्विन ४, सोमबार

    नेवाः गुठी न्युयोर्कको अध्यक्षमा विजयमान सिंह

    अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका नेवार समुदाय को संगठनको रुपमा रहेको नेवाः गुठी न्युयोर्कको आठौँ महाधिवेशन न्युयोर्कको ज्याक्सन हाइटस्थित थकाली रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ । गुठीका संस्थापक  बीके नेवाः प्रमुख अतिथिको रुपमा रहेको सो महाधिबेशनको प्रमुख अतिथीले पानसमा बत्ती बाली कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा गुठीका उपाध्यक्ष विजयमान सिंहले स्वागत भाषण गर्नुभएको...

Pages