अन्तर्राष्ट्रिय
-
२०७९ चैत्र २२, बुधबार
ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग
काठमाडौं –अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयार पारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ । न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् । सन्...
-
२०७९ चैत्र २१, मंगलबार
बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी
काठमाडौं -बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ। ढाकाको लत्ताकपडा बजारको रूपमा परिचित बङ्गबजारमा आगलागी भएको ढाका ट्युविनले जनाएको छ। बङ्गाबजार बजारमा लागेको आगो अहिले सडक नजिकैकै घरमा फैलिएको छ। हेलिकोप्टर, अग्नी नियन्त्रक र दमकलले आगो निभाउने प्रयास भए पनि आगो नियन्त्रणमा लिन सम्भव भएको छैन् । बङ्गबजारमा आगो नियन्त्रणमा लिँदा पानीको अभाव भएको छ । यो बजार गार्मेन्ट उत्पादन र विभिन्न...
-
२०७९ चैत्र १८, शनिबार
भारतमा बढ्यो कोरोना संक्रमित, सचेत रहन डब्ल्युएचओको आग्रह
एजेन्सी- भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा शुक्रबारसबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । शुक्रबार एकैदिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झण्डै छ महिना यताकै उच्च हो । बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए । उक्त मन्त्रालयले आज सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार महामारी क्रमशः साम्य...
-
२०७९ चैत्र १२, आइतबार
न्यूयोर्कमा मनाईयो विश्व नेवाः दिवस
न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कले छैठौ विश्व नेवाः दिवस मनाएको छ । शनिबार न्यूयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरिएको कार्यक्रममा गुठीले प्रकाशन गरेको पहिलो स्मारिकासमेत विमोचन गरिएको थियो । गुठीका अध्यक्ष विजयमान सिं को अध्यक्षता र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्य दुत विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा न्यूयोर्क राज्यका सिनेटर जेसिका रामोस,...
-
२०७९ चैत्र ९, बिहिबार
मानहानीको अभियोगमा राहुल गान्धीलाई दुई वर्ष जेल
एजेन्सी- भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर गर्दै सुरतस्थित अदालतले आज उक्त आदेश गरेको हो । गान्धीले तत्काल जेल जानु पर्दैक किनकी उनलाई उक्त फैसलाविरुद्ध अपिल गर्ने ३० दिनको म्याद दिइएको...
-
२०७९ फाल्गुण १९, शुक्रबार
फुटबल स्टार मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार
अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेर आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । ब्यूनस आयर्सबाट...
-
२०७९ माघ २७, शुक्रबार
टर्की भूकम्पः २२ हजारभन्दा बढीको मृत्यु
इस्तानबुल । स्टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्टिय सहायताका निम्ति अपिल गरेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४०...
-
२०७९ माघ २५, बुधबार
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजारभन्दा बढी
एजेन्सी - टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ ।...
-
२०७९ माघ २४, मंगलबार
टर्की भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४,३००, आठ गुणा बढ्न सक्ने : डब्लूएचओ
एजेन्सी- सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको मृत्यु भएको जनाइएको छ। पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो। उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा...
-
२०७९ माघ २३, सोमबार
टर्कीए र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडाैं - टर्कीए र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म १५० भन्दा बढीको मृत्यु भएकाे छ। उक्त भूकम्पका कारण धेरै घरहरू भत्किएका छन्। टर्कीएको मलाट्यामा मात्रै ७६ जनाको निधन भएको र ४४० भन्दा बढी घाइते भएको जनाएको छ। योसँगै सिरियामा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । ५ सयभन्दा बढी घाइते भएको बताइएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पका कारण धेरै...
-
२०७९ माघ २२, आइतबार
पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन
एजेन्सी- पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन भएको छ । उनकाे निधन भएकाे पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ । आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा उनकाे निधन भएको हो । सेनाका वरिष्ठ प्रमुखहरूले जनरल मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “अल्लाहले...
-
२०७९ माघ ५, बिहिबार
चिनियाँ नयाँ वर्ष एवं वसन्त उत्सवका अवसरमा स्वागत समारोह
चिनियाँ नयाँ वर्ष एवं वसन्त उत्सवका अवसरमा नेपालका लागि चीनका राजदूत छन् सङ्ले आज साँझ यहाँ एक स्वागत समारोहको आयोजना गर्नुभयो । समारोहका प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको सामाजिक–आर्थिक विकासमा चीनबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता ज्ञापन गर्नुभयो । राजदूत छन्ले चीनप्रति नेपाली जनताले देखाएको सद्भावबाट आफू प्रभावित भएको बताउँदै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’...


