STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २२, बुधबार

काठमाडौं –अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयार पारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।

न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लिल चलचित्रकी नायिक स्टोर्मी डेनियलसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई १ लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । डेनियलले आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन् ।

अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उनको औँठा छापमात्र लिइएको थियो । उनका कानुन व्यवसायीले विश्व प्रख्यात उनको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उनको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए । उनलाई हत्कडी पनि लगाइएको थिएन । अदालतमा ट्रम्प आफ्ना कानुन व्यवसायीहरूसँगै बस्नुभएको थियो । अदालतमा उनी शान्त तर गम्भीर देखिन्थे । करिब एक घण्टाको सुनुवाईपछि उनी अदालतबाट बाहिरिएका थिए ।

अदालतबाट बाहिरिनेवित्तिकै ट्रम्प फ्लोरिडा फर्कैका छन् । उनी अदालतबाट बाहिरिँदा उनका समर्थकहरूले उनीमाथि लगाइएका अभियोग र मुद्दा देशको अपमान भएको टिप्पणी गरेका थिए । आफूमाथिको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको भन्दै ट्रम्पले न्यायाधीश र अभियोजकहरूको पनि आलोचना गरे ।

बिना प्रमाण आफूमाथि दोष लगाइएको दाबी पनि उनले गरे । ‘अमेरिकामा यस्तो हुनसक्छ भन्ने मैले कहिल्यै कल्पना पनि गरेको थिइँन । आगामी राष्ट्रपतीय चुनावलाई प्रभावित पार्न यो झुठा मुद्दा लगाइएको हो । यो तत्काल खारेज हुनुपर्छ,’ उनले भनेका थिए ।

न्यायाधीश जुआन मर्चनले उनीमाथि कुनै आदेश जारी नगरे पनि दुवै पक्षलाई संयमित भएर शिष्ट भाषामा ध्यान आग्रह गर्नुभयो । उनले आफूमाथि लगाइएको मुद्दाविरुद्धको आगामी अगष्टसम्ममा प्रस्ताव पेश गर्नुपर्नेछ । अदालतको अर्को सुनुवाई डिसेम्बरमा हुनेछ ।

पूर्वराष्ट्रपति ट्रम्पमाथि अरु मुद्दा पनि लाग्नसक्ने सम्भावना छ । उनीमाथि जर्जिया राज्यमा सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजामा हस्तक्षेपको प्रयास गरेको तथा अमेरिकी संसद्मा जनवरी ६ मा दङ्गा गराएको सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ । साथै उनको फ्लोरिडास्थित घरमा फेला परेका गोप्य दस्तावेजलाई लिएर पनि थप मुद्दा लाग्नसक्ने बताइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय