STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टर्कीए र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २३, सोमबार

काठमाडाैं - टर्कीए र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म १५० भन्दा बढीको मृत्यु भएकाे छ। उक्त भूकम्पका कारण धेरै घरहरू भत्किएका छन्।

टर्कीएको मलाट्यामा मात्रै ७६ जनाको निधन भएको र ४४० भन्दा बढी घाइते भएको जनाएको छ। योसँगै सिरियामा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । ५ सयभन्दा बढी घाइते भएको बताइएको छ ।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पका कारण धेरै मानवीय क्षति हुने सम्भावना रहेको छ ।

यसैबीच, टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ट्वीटरमा भनेका छन् कि भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै खोजी र उद्धार टोलीहरू पठाइएको छ। हामी आशावादी छौं कि हामी सबै मिलेर यो विपत्तिलाई छिट्टै र कम से कम क्षतिको साथ जित्नेछौं।

Categorized in अन्तर्राष्ट्रिय