STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक ४, शुक्रबार

एजेन्सी - बेलायतका प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएका छन् । पदमा नियुक्त भएको ४५ दिनमै उनले राजीनामा दिएका हुन् ।

बिहीवार सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताए । उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बनेका छन् । उनीपछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए ।

विवाद बढ्दै गएपछि बेलायतस्थित कन्जर्भेटिभ पार्टीका सांसदले उनलाई राजीनामा दबाब दिएका थिए । पछिल्लो पटक सांसद शेरिल मरेले सार्वजनिक रूपमा प्रधानमन्त्री लिज ट्रसको राजीनामा मागेका थिए ।

शेरिल मरे लिज ट्रसको राजीनामा माग्ने समूहमा मिसिने पछिल्लो सांसद थिए । यसअघि बुधबार राति बेलायतका गृह मन्त्री सुएला ब्रेवरम्याने पदबाट राजीनामा दिएका थिए ।

उनको स्थानमा पूर्व परिवहन मन्त्री ग्रान्ट साप्सलाई उक्त जिम्मेवारी दिइएको थियो ।

राजीनामापछि उनले प्रधानमन्त्री कार्यालयमा पत्रकारसँग कुरा गर्दै आफू जुन म्यान्डेटसहित सरकारमा आएको त्यो पूरा नगरेपछि पद त्याग्ने निर्णयमा पुगेको बताए ।

उनले भने, ‘मलाई जुन परिस्थितिमा कन्जर्भेटिभ पार्टीले जस्तो जिम्मेवारी दिएको थियो, त्यो पूरा गर्न नसक्ने निष्कर्षसहित पद त्यागेकी हुँ।’

उनले राजा चार्ल्ससँग भेटेर उनलाई राजीनामा दिइसकेको बताए । उनले अब कन्जर्भेटिम पार्टीको प्रमुखको जिम्मेवारीबाट पनि राजीनामा दिने बताए ।

Categorized in अन्तर्राष्ट्रिय