STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ४, बुधबार

काठमाडौं - राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।

अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । बीबीसीका अनुसार दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने दुर्घटनामा गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उपमन्त्रीको ज्यान गएको छ ।

४२ वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता रहेका छन् । उनी दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए । दुर्घटनास्थलमा प्रहरी र चिकित्साकर्मी उद्धार तथा उपचारमा सक्रिय छन् ।

Categorized in अन्तर्राष्ट्रिय