STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गाजा सहरको अस्पतालमा विस्फोट, ५०० जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १, बुधबार

काठमाडाैँ - युद्धग्रस्त गाजा सहरको एक अस्पतालमा शक्तिशाली विस्फोटन हुँदा कम्तीमा पनि ५०० जनाको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार कम्तिमा ५०० जनाको मृत्यु र कैयौँ घाइते भएका छन् ।

यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । इजरायली सरकार र प्यालेस्टाइनी विद्रोही समूह समासले उक्त अस्पतालमा भएको ठूलो विस्फोटका लागि एक–अर्कालाई दोष दिइरहेका छन् ।

प्यालेस्टिनी चरमपन्थी समूह हमाससँग सम्बद्ध स्वास्थ्य अधिकारीहरूले मंगलबार बिहान (इजरायली समय) गाजा शहरको भीडभाड अल–अहली अरब ब्याप्टिस्ट अस्पताललाई लक्षित गरी हवाई आक्रमण गरेको बताए । तर इजरायलले यसलाई अस्वीकार गरेको छ ।

इजरायली सेनाले आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको बताएको छ । उसले आक्रमण प्यालेस्टिनी सशस्त्र विद्रोही समूह प्यालेस्टिनी इस्लामिक जिहाद (पीजेआई)ले गरेको बताएको छ । इजरायलतर्फ प्रहार गरिएको रकेट गलत दिशा पक्रेर उक्त अस्पतालमाथि खसेको इजरायली सेनाले जनाएको छ ।

प्यालेस्टिनी इस्लामिक जिहादले यो आरोपलाई ‘पूर्ण रूपमा गलत’ भन्दै अस्वीकार गरेको छ। अस्पतालका एक डाक्टरले यस घटनालाई ‘नरसंहार’ भनेका छन् भने अर्का डाक्टरले आक्रमणले अस्पतालमा ठूलो क्षति पुर्याएको बताएका छन् ।

अस्पतालमै यति ठूलो विध्वंश भएपछि विश्व समुदायको ध्यान गाजातर्फ आकृष्ट भएको छ । विश्व स्वास्थय संगठनले यस आक्रमणको निन्दा गरिसकेको छ ।

Categorized in अन्तर्राष्ट्रिय