STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इजरायल घटना : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन २२, सोमबार

काठमाडौं— इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ ।

गत शनिबार आक्रमण सुरु भएयता अहिलेसम्म ११ सय मानिसको मृत्यु पुष्टि भएको र १ लाख २३ हजार विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले पनि सातदेखि ८ स्थानमा इजरायलभित्र प्रवेश गरेका बन्दुकधारीले आक्रमण गरिहेको बताइएको छ । यसैबीच, इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका छन् ।

राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले गरेको आक्रमणमा कम्तिमा २ सय ६० जनाको शव फेला परेको बताएका छन् ।

त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् ।

इजरायली उद्धार सेवा ‘जिका’ ले खोजतलास गर्दा ठूलो संख्यामा शव फेला परेको र अझै धेरै शव संकलन गर्न बाँकी रहेको जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय