STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ, दिल्लीमा कडा सुरक्षा व्यवस्था

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ९, शुक्रबार

एजेन्सी - भारतमा लोक सभा चुनाव –२०२४ को मिति घोषणा भइसकेको छ। सात चरणमा हुने लोक सभा चुनाव आगामी मार्च २० बाट सुरु हुनेछ। 

चुनावको मिति घोषणा भएको केही दिनमै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। उनलाइ प्रवर्तन निर्देशनालय ईडीले बिहीबार राति पक्राउ गरेको हो। उनीमाथि मदिरा नीति प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ। 

मुख्यमन्त्री केजरीवाल पक्राउपछि दिल्लीको राजनीतिक माहोल एकाएक गर्माएको छ। पार्टी प्रमुख केजरीवाल नै पक्राउ परेपछि आम आदमी पार्टी ‘आप’ले शुक्रबार देशभर विरोध प्रदर्शन सुरु गरेको छ। 

केजरीवाललाई ईडीले आज अदालतमा पेस गर्दैछ। आपका कार्यकर्ता र समर्थक सडकमा उत्रेपछि दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ। मेट्रोसमेत बन्द गरिको छ। केजरीवालले जेलबाटै सरकार चलाउने आपले जनाएको छ। 

बिहीबार रातिको टोली मुख्यमन्त्रीको निवासमा पुगेको थियो। मुख्यमन्त्री अरविन्द केजरीवालसँग ईडी प्रतिनिधिले मदिरा नीति विषयमा सोधपुछ गरेको थियो। 

भ्रष्टाचारविरुद्धको आन्दोलनबाट राजनीतिक सुरु गरेका केजरीवाल भ्रष्टाचारकै आरोपमा पक्राउ परेका हुन्। यूपीए सरकारका मन्त्रीहरूको भ्रष्टाचारविरुद्ध अन्ना हजारेको आन्दोलनबाट उनी चर्चामा आएका थिए। जनताले उनलाई २०१३, २०१५ र २०२० मा दिल्लीको सत्ता हस्तान्तरण गरेका थिए। 

केजरीवाल पदमा रहँदा गिरफ्तार हुने देशका दोस्रो मुख्यमन्त्री हुन्। यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले पक्राउ परेको थियो। पक्राउपछि उनले राजीनामा दिएका थिए। तर आमले भने केजरीवालले राजीनामा नदिने तर जेलबाटै दिल्ली सरकार चलाउने दाबी गरिरहेका छन्। 

केजरीवाल पक्राउको कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे लगातले विरोध गरेका छन्। उनीहरुले आफूहरुलाई लोकसभा चुनावमा कमजोर पार्न भाजपा र नरेन्द्र मोदी सरकार लागेको आरोप उनीहरुको छ। भारतमा कांग्रेस आप लगायतको गठबन्धन छ। 

केजरीवालको पक्राउको सूचनापछि प्रदेश कांग्रेस अध्यक्ष अरविन्दर सिंह लवली, पूर्व प्रदेश अध्यक्ष सुभाष चोपडा र पूर्व सांसद सन्दीप दीक्षित मुख्यमन्त्री पनि केजरीवाल निवास पुगेका थिए। लवलीले भने ‘हामी गिरफ्तारी र छापा मार्ने घटनाबाट डराउने छैनौं। आम आदमी पार्टी हाम्रो सहयोगी हो। हामी हरेक पाइलामा सँगै उभिएका छौं र मिलेर चुनाव लड्नेछौं।’

Categorized in अन्तर्राष्ट्रिय