STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कर्नाटकमा कंग्रेसको बहुमत

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ३१, आइतबार

दक्षिण भारतको कर्नाटक प्रदेशमा कंग्रेसले प्रष्ट बहुमत पाएको छ। विधानसभाका २२४ सिटमध्ये कंग्रेसले १३६ सिटमा जित हात पारेको छ। जहाँ सरकार बनाउन ११३ सिट चाहिन्छ। अघिल्लो पटक १०४ सिट जितेको भाजपाले यस पटक ६५ सिटमा चित्त बुझाउनु परेको छ।

कंग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ र मानहानि मुद्दामा अदालतले दोषी ठहर गरेर उनको सांसद पद गुमेपछि भएको पहिलो चुनावमा कंग्रेसले भाजपालाई पछाडि पार्दै सफलता हात पारेको हो। उनले भारत जोडो यात्राका क्रममा २१ दिन कर्नाटकमा बिताएका थिए।

भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख प्रचारकका रूपमा कर्नाटकको चुनावमा उतारेको भए पनि उनको ‘जादु’ ले काम गरेन। चुनावी प्रचारप्रसार र रोड शोका लागि लगातार समय दिए पनि उनी सफल हुन सकेनन्। जसका कारण भाजपा सत्ताबाट बाहिरिन पुगेको छ। यसअघि हिमाचल प्रदेशमा भएको चुनावबाट पनि भाजपाले सत्ता गुमाएको थियो।

अहिलेको चुनावी परिणामलाई आगामी वर्ष हुने लोकसभा चुनावसँग जोडेर हेर्न थालिएको छ । भारतमा कंग्रेसको लोकप्रियता बढ्दै गएको र मोदीको लोकप्रियतामा ह्रास आएको टिप्पणी भइरहेको छ । चुनावको परिणामले कंग्रेस कार्यकर्ता उत्साहित देखिएका छन्। छत्तीसगढ, राजस्थान, हिमाचलपछि कर्नाटकमा कंग्रेसको सरकार बन्दैछ । कंग्रेस कार्यकर्तामाझ चुनाव जित्नुको कारण गान्धीलाई मानिएको छ।

चुनावी परिणामपछि गान्धीले कर्नाटकमा फैलाउन खोजिएको द्वैषको बजार सकिएको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘यो सबैको जित हो, द्वैषको पसल बन्द भएको छ, अब मायाको बजार खुलेको छ।’ कर्नाटकका मतदाताले एउटै पार्टीको सरकारलाई नदोहो¥याउने पुरानो परम्परालाई यस पटक पनि निरन्तरता दिएका छन्। जहाँ सन् १९८५ यता सरकार चलाइरहेको पार्टीले चुनाव जितेको छैन।

Categorized in अन्तर्राष्ट्रिय