STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै

Janjati Khabar | २०८० आषाढ २९, शुक्रबार

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आउँदै हुनुहुन्छ ।
उहाँले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नुहुनेछ र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्नु हुने  दूतावासले जनाएको छ ।
यसका साथै उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ जनाइएको छ । साथै उहाँले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उहाँहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नुहुनेछ । उहाँले गत वर्ष पनि नेपालको भ्रमण गर्नुभएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय