STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सरकार र पत्रकार मिलेर अगाडि बढ्न सके लोकतन्त्र बलियो हुने उदघोष

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ ५, शुक्रबार

आगरा, 17 मई।  उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको कुरा उल्लेख गर्दै सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्छ, तब मात्र देश र राज्यको उन्नति सम्भव छ भनि उदगार पोखेका छन् । 

प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश पत्रकार संघको आयोजना तथा सार्क जर्नलिस्ट्स फोरमको सहयोगमाा ​आयोजित इन्डो–नेपाल–बंगलादेश मिडिया कन्क्लेभ–२०२३ मा उपमुख्यमन्त्रीले भिडियो सन्देशमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।  होटल क्लार्क शिराजमा भएको सम्मेलनमा भारत, नेपाल र बंगलादेशका ४०० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो ।  कन्क्लेभको विषय "समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान" रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय कानून तथा न्याय राज्यमन्त्री प्रा एसपी सिंह बघेलले प्रतिस्पर्धा र टीआरपीका कारण कतिपय समाचार आधा अपूर्ण वा तथ्य विहीन प्रसारण र प्रकाशन हुने गरेकाले त्यसले गलत असर पर्ने राय व्यक्त गरे । समाजमा जसरी गलत पत्रकारिताका लागि पहेँलो पत्रकारिता शब्द प्रयोग गरिन्थ्यो, त्यसरी नै प्रशासनिक कर्मचारीको भ्रष्टाचारलाई रातो फीता शब्द दिइएको उनले बताए ।  तर अब यी सबैबाट बच्ने र आफ्नो छवि सफा राख्ने समय भएको उनको भनाई थियो ।  तुलसीदासको दोहोरीलाई वर्तमान युगको परिप्रेक्ष्यमा परिमार्जन गर्दै उनले कवि, वैद र पत्रकारले भयभीत भएर प्रशंसा गरे देश बर्बाद हुने बताए ।  प्रजातन्त्रका चार खम्बा मध्ये एउटा पनि कमजोर भए लोकतन्त्र खतरामा पर्ने समेत उनले बताए ।  त्यसैले पत्रकारले पारदर्शिताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।  कुनै पनि हालतमा लक्ष्मण रेखा पार नगर्न उनले आग्रह गरे ।  

उत्तर प्रदेश राज्यका शिक्षा मन्त्री योगेन्द्र उपाध्यायले सरकार र पत्रकारले समाजको लागि सोच्दा मात्रै समस्याको समाधान हुने बताए । 

कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ पत्रकार विनोद अग्निहोत्रीले आगरामा भएको भारत–पाक शिखर सम्मेलनको स्मरण गर्दै उनले त्यो वार्ता सफल भएको भए अहिलेसम्म भारत र पाकिस्तानको नक्सा परिवर्तन भइसकेको हुने बताए ।  पत्रकारिताका चुनौतिहरुको बारेमा चर्चा गर्दै उनले धेरै सतर्कता आवश्यक रहेको बताए ।

उपजाका प्रदेश अध्यक्ष शिव मनोहर पाण्डेले ग्रामीण क्षेत्रका पत्रकारलाई कसैले ध्यान नदिएको भन्दै न त प्रतिष्ठानबाट उचित पारिश्रमिक पाउँछन् न समाजबाट उचित सम्मान पाउँछन् भन्ने राय व्यक्त गरे ।

सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले भारत लोकतन्त्रको जननी मुलुक भएको र नेपाल तथा बंगलादेशमा भारतको सहयोगबाट मात्रै लोकतन्त्र आएको हो भनि भने ।  अफगानिस्तानका पत्रकारहरूले धेरै समस्याको सामना गर्न परेको पनि उनको भनाई थियो । दक्षिण एशिया साथै भारतमा पनि पत्रकारहरूले लोकतन्त्रको रक्षाका लागि सधैं अग्रपंक्तिमा लडेको उनले बताए । 

सार्क जर्नलिस्ट्स फोरमका महासचिव बंगलादेशका मोहम्मद अब्दुर रहमानले कार्यक्रम गौरवशाली भएको बताए । 

वरिष्ठ पत्रकार अरुण त्रिपाठीले पत्रकार र पत्रकारिताको संकटबारे विशेष प्रतिबिम्ब प्रस्तुत गरेका थिए । उनले हरेक किसिमको समाचारबाट पत्रकारहरुलाई चुनौती भएपनि सुरक्षा उपलब्ध नहुने भएकाले नैतिकता पत्रकारको कवच भएको बताए । 

मञ्चमा क्लबका उपाध्यक्ष विनीत दुबे, उपसचिव शोभित चतुर्वेदी पनि थिए । कार्यक्रमको सुरुमा प्रेस क्लब अफ आगराका सचिव सञ्जय तिवारीले स्वागत मन्तव्य राखेका थिए । उनले पत्रकारिताका अगाडि थुप्रै चुनौतिहरु रहेकाले सबैले सामना गर्नुपर्ने बताए ।  कार्यक्रमको सञ्चालन गर्दा कोषाध्यक्ष विवेक जैनले आगराको पत्रकारिता र यसको इतिहासको बारेमा प्रकाश पारे। 

क्लबका अध्यक्ष अशोक अग्निहोत्री, वरिष्ठ पत्रकार विनोद भारद्वाज, आदर्श नन्दन गुप्ता, जसवीर सिंह जस्सी, शिव चौहान, सञ्जय सिंह, रिंकी तोमर, अजेन्द्र चौहान, अरुण रावत, मनिष जैन, विजय बघेल, समीर कुरेशी, कपिल अग्रवाल लगायत ले विचार राखेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय