अमेरिकामा पनि मनाइयो बुद्ध जयन्ती
Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख ३१, आइतबार

हिमालयन बुद्धिष्ट कम्युुनिटि इन अमेरिकाको तत्वावधानमा अमेरिकामा पनि भव्य र शान्त रुपमा २५६७ अौं बुद्ध जयन्ती मनाइएको छ । सो अवसरमा एउटा र्यालि ले नगर परिक्रमा पनि गरेको थियो ।
बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रम मा उक्त संस्थाका सचिव सुवर्ण शाक्य ले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका अध्यक्ष हृदय तुलाधर ले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको शुरुमा अध्यक्ष तुलाधर ले भगवान बुद्धको प्रतिमा मा पुष्प गुच्छा अर्पण परेका थिए । सो कार्यक्रममा बौद्ध गुरु भन्ते ए डि शेर्पा बाट शिल प्रार्थना का साथै बुद्ध शिक्षाबारे प्रवचन पनि गरेका थिए । त्यस्तैगरी सो कार्यक्रममा न्यू जर्सि निवासि ९७ वर्षीय गणेशलाल रन्जित ले ज्ञानमाला भजन सुनाएका थिए भने मिम लाल नकर्मि ले बुद्ध जीवनी माथि चर्चा गरेका थिए । सो समारोहमा अादिबासी जनजाति महासंघ अमेरिका का अध्यक्ष राज कुमार बिष्टको विशेष उपस्थिति रहेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय