STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा खाेजिभइरहेका अमृतपाल सिंह पञ्जाबमा पक्राउ परे

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १०, आइतबार

 

काठमाडौं - ‘वारिस पन्जाब दे’ संगठनमार्फत भारत टुक््रयाउने अभिव्यक्ति दिँदै आएका प्रमुख अमृतपाल सिंह पक्राउ परेका छन् । उनी भारतको पन्जाब प्रहरीमार्फत पक्राउ परेका हुन् ।

खलिस्तान समर्थक नेता रहेका उनी शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै आएका छन् ।

भारतीय दूतावासले यसअघि उनी नेपालमा लुकेर बसेको दावी गरेको थियो । भारतीय सुरक्षाकर्मीहरु नेपाल आएर खोजीसमेत गरेका थिए । तर उनी भारतबाटै पक्राउ परेको पञ्जाब प्रहरीले उल्लेख गरेको छ ।

उनी पन्जाबकै मोगा भन्ने स्थानबाट पक्राउ परेका हुन् । उनी लामो समय दुबई बसेर भारत आएका थिए ।

Categorized in अन्तर्राष्ट्रिय