STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपति बाइडेनले अवैधानिक रकम आर्जन गरेको खुलासा

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २९, सोमबार

राष्ट्रपति बाइडेनले युक्रेनबाट ५० लाख डलर अवैधानिक रकम आर्जन गरेको खुलासा

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको एउटा पेट्रोल कम्पनीबाट ५० लाख डलर अवैधानिक रकम आयआर्जन गरेको रहस्यको खुलासा भएको छ।

फक्स न्युज टेलिभिजनका अनुसार राष्ट्रपति बाइडेनले बरिस्मा होल्डिङ्ग्स नामक कम्पनीबाट उक्त रकम लिएका हुन्। यो कम्पनीमा राष्ट्रपति बाइडेनका छोरा हन्टर बाइडेन बोर्ड सदस्य थिए र उनले यो कम्पनीमा लामो समयसम्म काम पनि गरेका थिए।

अमेरिकामा पेट्रोल बेच्न र अमेरिकी पेट्रोल कम्पनीसँग व्यापारिक सम्बन्ध कायम गर्न राष्ट्रपति बाइडेनलाई यो रकम उक्त कम्पनीले प्रदान गरेको रिपोर्टमा दाबी गरिएको छ।

यो समाचारको बारेमा राष्ट्रपति बाइडेनको तर्फबाट कुनै आधाकारिक खण्डन नै नआए पनि अनौपचारिक सुत्रहरुले यो नितान्त कप्लोकल्पित समाचार भएको बताएका छन्।

Categorized in अन्तर्राष्ट्रिय