STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिनेमा

  • २०७९ फाल्गुण २३, मंगलबार

    प्रधानमन्त्री पुष्पकमल दाहालबाट निफ अन्तरराष्ट्रीय महोत्सवको उद्घाटन गर्ने

    नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा चैत २ देखि ६ सम्म आयोजना हुने छैठौं 'नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' (निफ)को सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहालबाट महोत्सवको उद्घाटन गर्ने  कुरा आयोजक समितिका अध्यक्ष के पि पाठकले जानकारी गराएको छ । सो महोत्सवको टिकट बुकिङ खुला पनि भएको कुरा पनि आयोजकले जानकारी गराएको छ । दर्शकले 'खल्ती एप'मार्फत टिकट बुकिङ गर्न सकिने आयोजकले...

  • २०७९ फाल्गुण २१, आइतबार

    लोकप्रिय गायक बद्री पंगेनीको सामाजिक विषयमा बनेको गीतको अत्याधिक दर्शक

    पैसा सापटी दिएपछि बोलचाल हरायो पैसा सापटी दिएपछि साथी हरायो लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको यो गीत सार्वजनिक भएको तीन दिनमा सात लाख बढीले हेरिसकेका छन्। आफन्त, नातेदार र साथीभाईले अनेकन बहानामा पैसा सपाट लिने र तिर्ने बेलामा सयौं बहाना बनाएर लापत्ता हुने विषयमा  गायिका रचना रिमालका साथ बद्रि पंगेनीले गाएको यो गीतलाई रिलीज भएलगत्तै दर्शक स्रोताले मन पराएका छन्।  आफन्त र...

  • २०७९ फाल्गुण १८, बिहिबार

    समीर बलामि को नेतृत्वमा चलचित्र पत्रकार संघ

    चलचित्र पत्रकार संघ नेपालको बुधबार सम्पन्न नवौं महाधिवेशनले समीर बलामि को  नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ  । बुधबार अबेर राति सम्पन्न भएको मतगणनापछि १७ सदस्यीय कार्यसमितिका नयाँ नेतृत्वको टुंगो लागेको हो ।   निर्वाचनबाट संघको अध्यक्षमा अाफ्ना प्रतिद्वन्द्वी राजन घिमिरेलाई पराजित गरी  समीर बलामी निर्वाचित भएका छन् । त्यस्तैगरी आफ्ना दुई प्रतिद्वन्द्वी जीवन पराजुली र कुमार आचार्यलाई पराजित...

  • २०७९ फाल्गुण १५, सोमबार

    प्रियंका कार्की र अनुप विक्रमले गरे लक्की फिल्मी अवार्डको जिंगल सार्वजनिक

    लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असार ८ गते चितवनमा हुने एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको अडियो जिंगल एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । नायक अनुप विक्रम शाही, नायिका प्रियंका कार्की र आयोजक संस्थाका  महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले उक्त जिंगल संयुक्त रुपमा  सार्वजनिक गरेका हुन् । गन्तव्य राख्ने क्रममा अभिनेता अनुप विक्रम शाहीले फिल्मी अवार्डले कलाकारहरुलाई हौसला मिल्ने बताए...

  • २०७९ फाल्गुण १५, सोमबार

    सफाई पाएपछि पल शाह रिहा

    काठमाडौँ - नाबालिका बलात्कारको मुद्दामा एक वर्षदेखि तनहुँ कारागारबाट छुटेका छन् । आइतबार उच्च अदालत पोखराले उनलाई सफाई दिएपछि आज सोमबार आवश्यक प्रक्रिया मिलाएर कारागारबाट रिहा भएका हुनु । आइतबारै रिहा हुनुपर्नेमा प्रक्रिया मिलाउन समय अपुग भएकाले कारागार कार्यालयले उनलाई आज रिहा गरेको हो । उनी रिहा हुन लागेको खबर थाहा पाएर शुभेच्छुक तथा प्रशंसकहरुको तनहुँ कारागार परिसरमा भीड लागेको थियो । अभिनेता...

  • २०७९ फाल्गुण १४, आइतबार

    पल शाहले पाए सफाइ, भोलि जेलबाट छुट्ने

    काठमाडौं - नाबालिग जबर्जस्तीकरणी आरोपमा थुनामा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुगेको भन्दै पललाई सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार सबै अभियोगबाट पलले पूर्ण सफाइ पाएका छन् । साथै, पल भोलि नै रिहा हुने पनि उनको भनाइ छ । नाबालिगमाथि जर्बजस्तीकरणी गरेको भन्दै...

  • २०७९ फाल्गुण १३, शनिबार

    नेवाः पत्रकार दबू र आदिबासी जनजाति चलचित्र महासंघ सहकार्य गर्न प्रतिबद्ध

    नेवाः चलचित्रहरुका छाता संगठन नेवाः फिल्म सोसाइटीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेवाः पत्रकार राष्ट्रिय दबु केन्द्रिय समितिका नव निर्वाचित कार्य समिति र आदिबासी जनजाति मातृभाषी चलचित्रकर्मीहरु को महासंघ आदिबासी जनजाति चलचित्र महासंघका नव निर्वाचित कार्य समिति का पदाथिकारी हरु लाई शुभकामना एवं बधाई दिएका छन् । सो कार्यक्रममा  जनजाति चलचित्रकर्मीहरुले राज्यले मातृभाषी चलचित्र क्षेत्रको...

  • २०७९ फाल्गुण १२, शुक्रबार

    ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज हुने घोषणा

    पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनैपनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राईज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशैभरबाट उत्साहजनकरुपमा १३२ वृत्तचित्र सहभागी थिए ।...

  • २०७९ फाल्गुण १०, बुधबार

    अभिनेत्री नम्रता श्रेष्ठ पनि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ को सल्लाहकार मनोनित

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठलाई मनोनयन गरेको कुरा आयाेजक संस्थाका अध्यक्ष के पि पाठकले जानकारी दिएका छन् । डेढ दशकदेखि नेपाली चलचित्रमा अनवरत रुपमा सकृय अभिनेत्री श्रेष्ठको चलचित्र छनौट क्षमता र अभिनय कला प्रशंसनीय रहेको कुरा अध्यक्ष पाठकले बताए । आउँदो चैत २ देखि ६ गते (मार्च १६–...

  • २०७९ फाल्गुण ४, बिहिबार

    छैटौं ‘निफ’मा जुरी कमिटीमा अमेरिकाका जेफ मोना हान पनि

    नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुन लागेको छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरीमा अमेरिकाका जेफ मोनाहान मनोनित भए संगै ‘जुरी’ ले पूर्णता पाएको छ । पछिल्लो पटक फिचर फिल्म तर्फको जुरीमा अमेरिकाका जेफ मोनाहान मनोनित भएका हुन् । उनी खासगरी अभिनेता, लेखक र निर्माता हुन् । उनका कयौं सृजनाहरु विश्व प्रसिद्ध छन् । यसरी...

  • २०७९ माघ २९, आइतबार

    'एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड' को मुख्य प्रायोजन एसवन होम्सले गर्ने

    'एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड' को मुख्य प्रायोजकका रुपमा चितवनको एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो । लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको विकास, प्रर्वद्धन तथा कलाकारहरुको प्रोत्साहनका लागि लक्की मिडिया हाउस...

  • २०७९ माघ २६, बिहिबार

    नेफ्टा अवार्ड को ११ औं संस्करण अमेरिकामा हुने

    नेपाली चलचित्र क्षेत्रको एक प्रतिष्ठित अवार्ड को रुपमा लिइने नेफ्टा अवार्ड को ११ औं संस्करण अमेरिकाको टेक्सास डल्लासमा हुने  औपचारिक घोषणा भएको छ । विहिबार सोल्टी होटलमा आयोजित समारोहमा प्रमुख अतिथी हास्य अभिनयका शिखर पुरुष अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गरे । नेपाली फिल्मकर्मि र संगीतकर्मीको...

Pages