रोचक
-
२०७९ चैत्र ९, बिहिबार
चैत १४ मा पाँच ग्रह एउटै लहरमा देखिने
काठमाडौं - सौर्यमण्डलका पाँच वटा ग्रह एउटै लहरमा पंक्तिबद्ध भएर देखिने भएका छन् । चैत १४ (२८ मार्च) गते वृहस्पति, बुध, शुक्र, अरुण र मंगल ग्रह एउटै रेखामा देखिने भएका हुन् । सूर्यको परिक्रमा गर्ने क्रममा ग्रहहरू एकैतर्फ एउटै लाइनमा पर्दा खगोलीय पंक्तिबद्ध भएको देखा पर्ने बताइएको छ । खगोलविद्का अनुसार वृृहस्पति र बुध क्षितिजको नजिक देखा पर्नेछन् भने शुक्र र अरुण माथि र मंगल ग्रह चन्द्रमाको नजिक...
-
२०७९ फाल्गुण ७, आइतबार
एकैपटक पाँच सय ५५ वटा मादल बजाएर विश्व कीर्तिमान
काठमाडाैं - नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वल्र्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरे । सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही...
-
२०७९ माघ ५, बिहिबार
खेल चलिरहोको बेला एक्कासी हेलिकप्टर अवतरण भएपछि...
काठमाडौं - बिहीबार स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहोको बेला एक्कासी हेलिकप्टर अवतरण गरेपछि झडप भएको छ । ‘वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल’ खेल चल्दै गर्दा हेलिकप्टर अवतरण भएपछि केही समय झडप भएको हो । खेल चलिरहँदा वालिङका विनोद गैह्रेले बिनासूचना प्रभु कम्पनीको हेलिकप्टर अवतरण गरेको बताइएको छ । हेलिकप्टर बिनासूचना अवतरण गरेको पनि भनिएको छ । हेलिकप्टर अवतरण गर्नुको कारण के हो...
-
२०७९ भाद्र २४, शुक्रबार
कैलालीमा बाघ जात्रा
सूदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा आज बाघ जात्रा निकालिएको छ । धनगढी उपनगरपालिका–४ स्थित धनगढीको मुख्य बजारमा बाघ जात्रा हेर्न ठूलो जमघट लागेको थियो । डडेल्धुराबासीले हरेक वर्ष यसरी नै बाघ जात्रा मनाउने गरेका छन् । जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले जात्रा आयोजना गरिएको विश्वशान्ती युवा सङ्गठनले जनाएको छ । जात्रामा बाघ, राजारानी, आर्मी,...
-
२०७९ बैशाख ९, शुक्रबार
बालविवाह रोक् मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य
जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो । चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने...
-
२०७९ बैशाख ७, बुधबार
युद्ध मैदानकी चेली
युद्धको मैदानामा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकू र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत । युद्ध मैदानमै भाइको गोलीबाट भिनाजुको मृत्यु हुनपुग्छ अकस्मात् । गोली ताक्दै जब भाइ नजिक पुग्छन् तब आफ्नै दिदी देख्छन् र झस्किन्छन् । कस्तो दुर्भाग्य १ गोली हान्ने आफ्नै भाइ अनि मृत्युवरण गर्ने प्रेमी । दिदीले सहनसक्ने कुरै भएन । दिदीभाइको बोलचाल बन्द हुन्छ तर सम्बन्ध विस्तारको प्रयास भाइले...
-
२०७९ बैशाख ४, आइतबार
पाल्पाली ढाकाको आफ्नै सान, मान र दाम
कालीपारे दाइ कति राम्रोढाका टोपी काँधमा गलबन्दी किरण खरेल, तारादेवीपाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ । पूर्वखोला –१ तामाखानी स्थायी घर भएकी नेपालीमा दिनानुदिन तानबाट ढाका बुन्ने कला र सीपमा निखारता आउँदा यतिखेर आफ्नो काममा जोस र जाँगर थपिएको छ नै, स्वरोजगार बनेकामा आत्मसम्मानको महसुस पनि भएको छ । उहाँ तानसेन बजारको सिल्खानटोलमा...
-
२०७८ चैत्र २८, सोमबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव
नेपाली नयाँ वर्षका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा नयाँ वर्षका अवसरमा सडक खाना महोत्सव हुन लागेको हो । यही चैत ३० गते सुरु हुने महोत्सव आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिनुभयो । नेपाली नयाँ...
-
२०७८ पौष १५, बिहिबार
केकका प्रकार र परिकार थाहा पाउन केक मेला
ललितपुर १५ पुस (रासस) राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ । आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला । केक मेला (बेक फेस्ट) अर्थात् ‘बेकरी फेस्टिबल’ हामीले प्राय प्रयोगमा...
-
२०७७ पौष १७, शुक्रबार
पुनःनिर्माणमा अल्झिएको गोरखा दरबार
गोरखा, १७ पुस गोरखा भूकम्पले क्षति पु¥याएको नेपालकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारको पुनःनिर्माणको काम शुरु भएको तीन वर्ष पूरा भइसक्यो । राष्ट्रिय पुरातत्व विभागले गएको विसं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेर दरबार पुनःनिर्माणको काम अघि बढाएको थियो तर निर्धारित समयमा दरबारको पुनःनिर्माण पूरा हुन सकेन । पुरातत्व विभागले पुनः...
-
२०७७ पौष ५, आइतबार
मास्क नलगाएपछि राष्ट्रपतिलाई समेत जरिवाना
मास्क नलाएको भन्दै ल्याटिन अमेरिकी मुलुक चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि ३३ हजार ५ सय अमेरिकी डलर जरिवाना तोकिएको छ । कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेको आरोप लगाउँदै सेबास्टियन पिन्येरामाथि उक्त जरिवाना तोकिएको हो । उनले यो महिनाको सुरुवातमा एक महिलासँग मास्क बिना खिचेको सेल्फी सोसल मिडियामा भाइरल भएपछी कारबाही गरिएको हो । तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी माग्दै...
-
२०७७ कार्तिक १३, बिहिबार
बलि नहुँदा मन्दिरको करोडौ आम्दानी गुम्यो
कोरोना सङ्क्रमणका जोखिमका कारण दशैँमा मठमन्दिरमा नित्यपूजाबाहेक पूजाराधना र दर्शनमा निषेधाज्ञा जारी गरिएपछि झण्डै एक करोड बराबरको आम्दानी गुमेको छ । बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले विशेष पूजा हुने दुई पर्वसहित नियमित पूजाको आम्दानी जोड्दा त्यो रकमएक करोड धेरे हुने बताउनुभयो । मन्दिरमा आव ०७४÷०७५ मा मन्दिरमा भेटीबाट रु. एक करोड ३४ लाख ८७ हजार आम्दानी भएको थियो ।...