STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेल चलिरहोको बेला एक्कासी हेलिकप्टर अवतरण भएपछि...

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ५, बिहिबार

 

काठमाडौं - बिहीबार स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहोको बेला एक्कासी हेलिकप्टर अवतरण गरेपछि झडप भएको छ । ‘वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल’ खेल चल्दै गर्दा हेलिकप्टर अवतरण भएपछि केही समय झडप भएको हो ।

खेल चलिरहँदा वालिङका विनोद गैह्रेले बिनासूचना प्रभु कम्पनीको हेलिकप्टर अवतरण गरेको बताइएको छ । हेलिकप्टर बिनासूचना अवतरण गरेको पनि भनिएको छ ।

हेलिकप्टर अवतरण गर्नुको कारण के हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ । साथै, बिनासूचना हेलिकप्टर ल्यान्ड गरेपछि कारबाहीका लागि नागरिक उड्ड्यन प्राधिकरण पोखरामा सिफारिस गरिएको पनि बताइएको छ ।

यता, वायुसेवा सञ्चालक संघले भने यात्रुले दिएको जीपीएस कोर्डिनेटअनुसार हेलिकोप्टर वालिङको फुटबल मैदानमा अवतरण गरेको हो । तर, हेलिकप्टर अवतरण गरेपछि क्याप्टेन रानेश डंगोलमाथि स्थानीय समूहले कुटपिट गरी घाइते बनाएको भन्दै संघले दोषीमाथि कारबाहीको माग गरेको छ ।

संघले जीउ ज्यानको प्रवाह नगरी अहोरात्र दुर्गम क्षेत्रका बासिन्दाको सेवामा खटिने क्याप्टेनमाथि कुटपिट हुनु निन्दनीय रहेको भन्दै कारबाहीको जोडदार माग गरेको छ ।

Categorized in रोचक