STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

रोचक

  • २०७५ फाल्गुण १८, शनिबार

    विवाहको खर्चबाट अक्षयकोष

    छोराको विवाहमा लाग्ने खर्चवापतको रकमबाट पाल्पा रामपुरका एक परिवारले विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन् । रामपुर नगरपालिका–३ रजघरा बस्ने टङ्कनाथ घिमिरेको परिवारले छोरा पुरुषोत्तम घिमिरेको विवाहमा लाग्ने खर्च कटाएर जनविकास माध्यमिक विद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष खडा गरिदिएका छन् । “विवाहमा हुनेले खर्च गर्छ, नहुनेले ऋण काढेर भए पनि धुमधामका साथ खर्च गर्नुपर्ने स्थिति...

  • २०७५ फाल्गुण १६, बिहिबार

    १२ वर्षमै बिहे !

    – हिक्मत बहादुर नेपाली सलल बगेको भेरी नदीको आवाजले एकछिन अडिन बाध्य बनाउँछ । नदी किनारको बालुवामा खेल्दै गरेका र सरसफाइमा व्यस्त भएका बालबालिकाको झुण्डले एकपटक त्यो दृश्य नहेरी फर्कनै सकिँदैन । झुण्ड झुण्डमा रहेका अरु बालबालिका कोही बालुवामा चित्र बनाउँदैछन्, कोही हात समातेर खेल्दैछन् । कोही सरसफाइमा व्यस्त । बालबालिका र तिनका अभिभावक नुहाइधुवाइका लागि पनि प्रायःजसो नदीमा पुग्छन् । नदीको परतिर...

  • २०७५ फाल्गुण १४, मंगलबार

    यथार्थ घटनामा आधारित नाटकः ‘तिनीहरु कहाँ गए होलान् ?’

    –मीना घोरसाइने काठमाडौँ, १४ फागुन ९रासस० ः रङ्गमञ्चमा तीन धामी देखापर्छन् । तीमध्ये एक धामी ढ्याङ्ग्रो बजाइरहेको देखिन्छ, एक जना चरेसको थालमा चामल फुक्दै काम्दै गरेको देखिन्छ भने एक जना काम्दै मात्र गरेको देखिन्छ । तीनै पात्र केहीबेरमै अदृश्य हुन्छन् । त्यसपछि उक्त रङ्गमञ्चमा एक चिकित्सक र परिचारिका देखापर्छन् । उनीहरु एउटा गाउँको स्वास्थ्य शिविरमा बिरामीको उपचार गरिरहेका देखिन्छन् । चिकित्सकले...

  • २०७५ फाल्गुण १२, आइतबार

    अनौठो सोखः झापाका यी व्यक्ति किन अन्यत्रबाट सर्प समातेर घर ल्याउँछन्

    उमाकान्त खनाल झापाको अर्जुनधारा नगरपालिकाका ६६ वर्षे श्यामकुमार प्रधानको घरमा हालैको एक साँझ पुग्दा त्यहाँ खोरमा राखिएका दुईवटा सर्प थिए । एउटा विषालु गोमन र अर्को करिब सात फिट लामो धामन। ती दुईवटै सर्प उनले हालै विर्तामोडको जात्रुबाडी र अर्जुनधाराका फरक फरक घरबाट समातेर ल्याएका थिए। प्रधान व्यावसायिक सपेरो नभए पनि सजिलैसँग सर्प समाउँछन्। र, तिनलाई कतै जंगलमा लगेर छोड्ने गरेका छन्। उनले यस भेगमा...

  • २०७५ फाल्गुण ८, बुधबार

    बङ्लादेशमा २० हजार अश्लील वेबसाइट बन्द

    बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । “मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन...

  • २०७५ फाल्गुण ७, मंगलबार

    ‘श्रीमतीले उजुरी गर्दा कारवाहीमा परेंँ, अब मदिरा खान्नँ’

    –होम साउद अछाम, मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उहाँकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गर्नुभयो । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु तीन हजार जरिवाना तिर्नुभयो । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्क बताउँछन् । कारवाही पर्नुअघि दिनभर मदिरामा लठ्ठिरहने उहाँ दुई...

Pages