रोचक
-
२०७६ जेठ ९, बिहिबार
इतिहासकै सबैभन्दा बढी आरोही सगरमाथामा
सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । जसमा शेर्पा...
-
२०७६ बैशाख ९, सोमबार
तरकारी बेचेरै पढाइ खर्च
जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ । चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको समयमा तरकारी बेच्ने काम गर्दे आइरहनुभएको छ । घरको आर्थिक अवस्था नाजूक भएकाले पढाइ खर्च जुटाउन योगीले यस्तो गरेको बताउनुभएको हो । “विद्यालय छुट्टी भएपछि तरकारी बेच्न हिड्छु, राम्रै आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।...
-
२०७६ बैशाख ९, सोमबार
‘कलाले सम्बन्ध प्रगाढ गराउँछ’
चित्रकारहरुले देशको संस्कृति र इतिहासको जीवन्त कथा प्रस्तुत गर्ने भएकाले चित्रकला आफैँमा महत्वपूर्ण विधा भएको बताएका छन् । नेपालमा स्थलगत चित्रकलाका लागि आएका चिनियाँ चित्रकारलाई आइतबार स्वागत गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले कलाले देश कै प्रतिनिधित्व गर्ने भएकाले देशको पहिचान दिलाउन कलाको महत्व छुट्टै रहेको बताउनुभयो । एक देशका चित्रकार अर्को देशमा गएर...
-
२०७६ बैशाख ६, शुक्रबार
सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट मनीषा कोइराला
बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताउनुभएको छ । बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताउनुभयो । क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अन्नपूर्ण र मनास्लु...
-
२०७६ बैशाख ४, बुधबार
श्रीमतीको सम्झनामा भवन निर्माण
घोराही उपमहानगरपालिका–१५ निवासी मेघबहादुर केसीले स्व श्रीमती बसन्ता केसीको सम्झनामा मन्दिर परिसरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गर्नुभएको छ । केसीले घोराही–१८ गिठेपानी, मसिनामा रहेको त्रिमूर्ति नागदेव मन्दिरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरिदिनुभएको हो । आफ्नो श्रीमतीको नाम बचाइ राख्नका लागि सानो भए पनि सहयोग गरेको उहाँले बताउनुभयो । उक्त भवन तथा प्रतिक्षालय रु दुई लाख तीन हजारको लागतमा...
-
२०७६ बैशाख १, आइतबार
जात्रामय बन्यो भक्तपुर, बिस्केट जात्रामा हजारौँको भीड
नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजाराँैको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो । भेलुखेलमा हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रु नास हुने...
-
२०७५ चैत्र २९, शुक्रबार
लिने हो खुकुरीसँग तस्वीर
यहाँ जारी चैत्राष्टमी मेलास्थल छिर्नासाथ दायाँपट्टी घरेलु हातहतियार र औजारको बिक्रीकक्ष भेटिन्छ । स्थानीय सीपबाट बनेका हँसिया, बञ्चरोदेखि ३० किलोसम्मको खुकरी बिक्रीमा राखिएको छ । मेला भर्न जाने जोकोही एकपटक सो बिक्रीकक्षमा पुग्छन् । देख्दै अजङ्गका खुकुरीले अवलोकनकर्तालाई लोभ्याउने गर्छ । एउटा ३० किलो र अर्को २२ किलो तौलको खुकुरी बिक्रीमा छ । पहिलोको मूल्य रु एक लाख ११ हजार १११ र अर्कोको रु ९९...
-
२०७५ चैत्र १८, सोमबार
आवाजले देश चिनाउने सपना
कैलालीका एक १८ वर्षे किशोर आफ्नो आवाजका कारण ‘गिनिज बुक अफअल रेकर्डमा’नाम लेखाउन मेहनत गरिरहेका छन् । घोडाघोडी नगरपालिका–१ जनकपुरका १८ वर्षे दीपेन्द« ओली आफूले निकाल्नसक्ने विभिन्न ११५ भन्दा बढी आवाजका कारण विश्व सामु नेपाललाई चिनाउन चाहन्छन् । दीपेन्द्रले करीब पाँचवर्ष पहिले स्थानीय रेडियोमा काम गर्दागर्दै हास्य टेलिशङ्ृखला भद्रगोलका अर्जुन घिमिरे ‘पाडे’को आवाज निकालेर विज्ञापनका लागि पाडेको...
-
२०७५ चैत्र १४, बिहिबार
पर्यटक लोभ्याउँदै इर्लुङ झरना
स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो । स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना पर्यटकीय दृष्टिबाट अन्यन्त महत्वपूर्ण रहे पनि उचित प्रचारप्रसारको अभावमा अपेक्षित विकास भने...
-
२०७५ चैत्र १२, मंगलबार
सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो
नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो । जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे ९बाघे माउसुली० बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो । युब्लिफेरिडे परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ । नेपालमा पाइने माउसुलीमध्ये यो...
-
२०७५ चैत्र १२, मंगलबार
‘जीवन काँडा कि फूल’ भियनामा
अष्ट्रियाको भियनाम ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बायोपिक फिल्म प्रदर्शनीमा अष्ट्रेलियाका निम्ति नेपाली राजदूत प्रकाश सुवेदी, नेपालका लागि अष्ट्रियाका पूर्वराजदूत लिजेलोट्टे भालडाइम, भियना शहरका सांस्कृतिक प्रमुख डा हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडियालगायत विशिष्ट अष्ट्रेलियाली र नेपालीको सहभागिता थियो । नेपालबाट भियना...
-
२०७५ चैत्र ११, सोमबार
श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ । यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उहाँका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ । कुनैबेला गोरप्रसादले चौबीसै घण्टा मदिरा सेवन गर्थे र घरमा आएर झगडामा उत्रन्थे । त्यसरी भताभुङ्ग हुने...


