STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

रोचक

  • २०७६ श्रावण ९, बिहिबार

    प्राकृतिक शहरमा नेवारी सांस्कृतिक सङ्ग्रहालय

    प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को साँस्कृतिक गन्तव्य थपिने भएको छ । तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण शहरमा नेवारी परम्परा तथा संस्कृतिको अध्ययन अवलोकनका लागि नेवारी सांस्कृतिक सङ्ग्रहालय स्थापनाको प्रयास गरिएको हो । नेवारीे संस्कृति तथा जीवनशैलीका साथै उनीहरूकोे जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गरिने सामग्रीका बारेमा...

  • २०७६ श्रावण ९, बिहिबार

    ‘आफंै घण्ट हल्लिने’ मन्दिर उजिल्याउने प्रयास

    तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् । अकलादेवी मन्दिर व्यवस्थापन समितिले मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेको व्यवस्थापन समितिका...

  • २०७६ श्रावण ६, सोमबार

    आठ वर्षीय छोरालाई सिक्रीमा बाँधिएर दैनिकी गुजार्दै

    आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्ने मन कुन आमालाई होला र रु तर यहाँका एक आमालाई आफ्नो आठ वर्षीय छोरालाई सिक्रीमा बाँधेर घरमा राख्ने र कामकाजका लागि अन्यन्त्र जानुपर्दा सिक्रीमै बाँधेर डो¥याउँदै लैजानुपर्ने बाध्यता रहेको छ । आफ्नो आठ वर्षीय छोरा शिवलाई विगत चार वर्षदेखि सिक्रीमा बाँधी डो¥याएर लैजाँदै गर्दैमा पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहा जोगीथुमकी पार्वती कुमालको...

  • २०७६ श्रावण ५, आइतबार

    कृत्रिमताल निर्माणले जङ्गली जनावर पुरानै बासस्थानमा फर्के

    संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण गरिएका छन् । संरक्षित जनावरलाई पानी खुवाउन सहजता प्रदान गर्न सामुदायिक वनको भित्री र बाह्य क्षेत्रमा गरी दुई ताल निर्माण गरिएका हुन् । दुईवटै पोखरी निर्माण गर्नका लागि सामुदायिक वन र लालझाडी मोहना संरक्षण कार्यक्रमअन्तर्गत रु आठ लाख ५० हजार लगानी गरिएको छ । ताल निर्माणका लागि...

  • २०७६ श्रावण ५, आइतबार

    नारायणीमा क्रुजसिप सञ्चालनमा ल्याइने तयारी

    सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप मिनी पानीजहाज सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको सो अवसरमा जानकारी...

  • २०७६ श्रावण ३, शुक्रबार

    साउनको शुरुवातसँगै हरियो चुरा र पोतेको बिक्री तीव्र

    प्रदेश नं १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ । साउनको आगमनसँगै विराटनगरको बजार होस् वा भित्री गल्लीका दोकानहरुमा यतिखेर महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहँेलो पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ । विराटनगर गुद्रीमा रहेको रियाज स्टोरका व्यापारी रियाज हकले साउनमा आफ्नो व्यापार राम्रो हुने र सामान बिक्री गर्न भ्याइनभ्याइ रहेको बताउनुहुन्छ । यस्तै...

  • २०७६ आषाढ ३१, मंगलबार

    लोप हुँदै घुमाउने घरहरु

    पर्वतमा परम्परातरूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएका छन् । ग्रामीण भेगमा आजभन्दा १०० वर्ष पहिले बनाइएका घुमाउने घर विस्तारै लोप हुँदै गएका हुन् । गाउँले आधुनिक घर सर्वसुलभ घरप्रति आकर्षित भएपछि पुराना घरमा बसोबास गर्न छाडेका हुन् । घुमाउने घरभित्र अँध्यारो, धेरै कोठा नहुने र छानो छाउनका लागि वर्षैपिच्छे झन्झट हुनाले पनि स्थानीय बासिन्दाले घुमाउने घर छाड्दै गएका...

  • २०७६ आषाढ ३०, सोमबार

    डेढ घण्टाको बाटो अब दुई मिनेटमा

    झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी र बागलुङवासीलाई आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले डेढ घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमा नै पुग्न सक्ने भएका छन् । बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध सिमाना मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय...

  • २०७६ आषाढ २९, आइतबार

    भानुभक्तको योगदान अतुलनीय ः प्रदेश प्रमुख कुँवर

    गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले नेपाली भाषा र संस्कृतिको जगेर्नामा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आज पोखराको फूलबारीस्थित भानुपार्कमा आयोजित कार्यक्रममा उहाँले नेपाली भाषा र साहित्यका माध्यमबाट भानुभक्तले नेपाली समाजलाई एकाकार बनाएको चर्चा गर्नुभयो । भाषा र संस्कृति...

  • २०७६ आषाढ २९, आइतबार

    बाँदर लड्ने खरबारीलाई फूलबारी बनाएपछि दङ्ग

    ‘‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’’ राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो कवितामा भनिए झैं पौरखी मानिसहरुका लागि असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने प्रमाणित गरिदिएका छन्, म्याग्दीका एक पौरखी किसानले । वर्षौंदेखि जङ्गली जनावर ९बाँदर र चितुवा०ले क्रिडास्थल बनाएको भिराले ढुङ्गे खरबारीमा लटरम्मै फलफूल र तरकारी लगाएर हरियाली बनाएका म्याग्दीको बेनी...

  • २०७६ आषाढ २६, बिहिबार

    छलफल भएपछि शिल्पा र ओझाको सहमति

    नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् ।...

  • २०७६ आषाढ २५, बुधबार

    रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य

    रुकुम पूर्वमा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गुफा भेटिएका हुन् । गुफा भेटिएपछि त्यहाँका स्थानीय सबै मिलेर ती गुफाको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ । मगर खाम भाषामा मिको अर्थ मान्छे र कुङको अर्थ ओढार वा गुफा भन्ने...

Pages