STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

रोचक

  • २०७६ कार्तिक २६, मंगलबार

    एउटै बोकाको मूल्य रु तीन लाख

    एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताउनुभयो । उहाँले सञ्चालन गर्नुभएको धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित...

  • २०७६ कार्तिक ५, मंगलबार

    एक फलफूलको बोट ः रु दशको नोट

    चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६÷७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम ल्याइएको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो...

  • २०७६ आश्विन २९, बुधबार

    पिसाब बेचौँ, उत्पादन बढाऔँ, पैसा कमाउँ

    म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र ९पिसाब० बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको हो । यसअघि गाईभैँसी तथा कुखुरा र भेडाबाख्राको...

  • २०७६ भाद्र २४, मंगलबार

    बीस वर्षदेखि शरीरमा गोली

    एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उहाँको शरीरमा बेलाबेलामा दिनमा दुई तीन पटक करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्नुहुन्छ । यो सब उहाँ बिरामी भएर होइन, युद्धका क्रममा लागेको गोलीले हो । युद्धको बेलामा सेनाले हानेका गोली शरीरभित्र...

  • २०७६ भाद्र ६, शुक्रबार

    वाटर एटीएमप्रति आकर्षण बढ्दो

    १९ वर्षीया दीपेश गोपाली ललितपुरको कृष्णगल्ली बस्नुहुन्छ । उहाँ घरबाट बाहिर अध्ययन गर्न होस् या अन्य जुनैसुकै काम गर्न निस्कँदा पुल्चोक गाःबहाल परिसर भएर आवतजावत गर्नुहुन्छ । दैनिक सडक पार गर्ने क्रममा गर्मीले प्याक–प्याकती हुँदा उहाँले पँधेरो वाटर एटीएम को प्रयोग गर्ने बताउनुभयो । “दैनिक सडक पार गर्दा साहै्र तिर्खा लाग्ने गर्छ । अब पँधेरो आएसँगै यात्रा गर्दा पानीको समस्या हल भएको छ”, गोपालीले...

  • २०७६ भाद्र ३, मंगलबार

    छोरा जन्माउने आशै आशामा १३ सन्तान

    छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिनुभएको छ । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिनुभएको हो । नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको...

  • २०७६ श्रावण २६, आइतबार

    अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो

    देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु...

  • २०७६ श्रावण २१, मंगलबार

    रुद्राक्षको दानामा लगाइएको प्लाष्टिकको क्लिप प्रहरीले हटायो

    ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । ठेकेदारले किसानबाट बगान खरीद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो । क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जानकारी दिनुभयो । षडानन्द नगरपालिकाको...

  • २०७६ श्रावण १५, बुधबार

    निःशुल्क जापानी मेकअप

    पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए । बोर्डमा लेखिएको थियो ‘जापानको निःशुल्क मेकअप ।’ सबै व्यस्त थिए, महानगर आएका सेवाग्राही महिलाको हातमा मेहन्दी र अनुहारमा मेकअप गरिरहेका थिए ।...

  • २०७६ श्रावण १४, मंगलबार

    विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि, दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’

    दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा हुनुहुन्छ । उहाँ दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा हुनुहुन्छ । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा ५१ पटक पुसअप गरेर विश्व रेकर्ड कायम गरेका थिए । त्यो रेकर्डलाई कसैले पनि तोड्न सकेका छैनन् । तर, दाङ...

  • २०७६ श्रावण १३, सोमबार

    स्टार होटेलहरुमा खानाको रोजाइमा फापर

    जुम्ला जिल्लामा पुर्खाले लगाउने रैथाने बालीमध्ये एउटा होे फापर । जुम्लाका साविकका सम्पूर्ण गाविसमा धेरै उत्पादन हुने बाली फापर अहिले यहाँको स्थानीय सरकारले संरक्षणमा कुनै चासो देखाएका छैनन् । वर्षौंसम्म नबिग्रने विशेषगरी हिमाली र पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो फापर । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने फापरको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै...

  • २०७६ श्रावण १२, आइतबार

    परिचय पत्र विना रक्सी किन्न र सेवन गर्न पाइँदैन

    सुदुरपश्चिम प्रदेशस्थित बाजुरा गाउँपालिकामा परिचय पत्र विना रक्सी किन्न र सेवन गर्न पाइँदैन । गाउँपालिकाले गत वर्ष असारदेखि मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५ नै बनाएर कार्यान्वयनमा ल्याएपछि त्यहा अहिले रक्सी खाने मानिसहरु देखा पर्न छाडेका छन् । गाउँपालिका प्रमुख हरिबहादुर रोकायाले जनताको स्वास्थ्य हेरेर मदिरा नियन्त्रण सुरु गरेको बताए । अहिले सम्म सम्म दुइ सय जनाले मदिरा पिउने परिचय...

Pages