STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कैलालीमा बाघ जात्रा

Janjati Khabar | २०७९ भाद्र २४, शुक्रबार

सूदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा आज बाघ जात्रा निकालिएको छ । धनगढी उपनगरपालिका–४ स्थित धनगढीको मुख्य बजारमा बाघ जात्रा हेर्न ठूलो जमघट लागेको थियो । डडेल्धुराबासीले हरेक वर्ष यसरी नै बाघ जात्रा मनाउने गरेका छन् । जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले जात्रा आयोजना गरिएको विश्वशान्ती युवा सङ्गठनले जनाएको छ । जात्रामा बाघ, राजारानी, आर्मी, शिकारीलगायत अभिनय गरिएको छ । तत्कालीन बडाहाकिमलाई जाहेरी गर्ने र वडाहाकिमले बाघ मार्न आदेश दिनेजस्ता प्रसङ्गलाई समेटेर स्थानीयले रमाइलो बाघजात्रा प्रदर्शन भएका थिए । तत्कालीन समयमा डडेल्धुरा सदरमुकाममा बाघखोर तथा वरपरको बस्तीमा बाघको आतङ्क हुने र बाघको भयबाट बच्न बाघलाई खोरमा हाल्ने योजनाअनुरुप हालको बजार क्षेत्रमा खोर बनाइ बाघलाई थुन्ने गरेको सम्झनामा यो जात्रा मनाइँदै आएको छ । जात्रा हेर्नबाट आर्थिक सहयोग पनि जुटाइरहेको छ । अहिले सुदूरपचिम प्रदेशको डोटी, डडेल्धुरा र कैलालाीम गरी तीन जिल्लामा यो जात्रा मनाइरहेका छौँ ।

 

Categorized in रोचक