
रोचक
-
२०८१ भाद्र ३, सोमबार
जनैपूर्णिमा: गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप
मध्यविन्दु (नवलपरासी), पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताउनुभयो । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ...
-
२०८१ श्रावण २९, मंगलबार
बागलुङ बजारमा लाखेको रौनक
बागलुङ बजारमा लाखेनाचको रौनकता छाएको छ । घण्टाकर्ण अर्थात गठेमङ्गलको भोलिपल्टबाट नाच्न थालिने लाखे यहाँका नेवार समुदायको परम्परागत नाच हो । शाक्य कल्याण समाज बागलुङले लाखे नाच संरक्षणको अगुवाइ गर्दै आएको छ । साउनको चतुर्दशीदेखि नाचिने लाखे तीजसम्म नाचिन्छ । हिजोआज बजारको चोक तथा गल्लीमा लाखे नाचको रौनकता छाएको छ । झ्याली र बाजाको तालमा दुईवटा लाखे मुखुण्डो लगाएर रङ्गीविरङ्गी कपडासहित नाच्ने...
-
२०८१ श्रावण २५, शुक्रबार
नेवार समुदायको सक्रियतामा भोजपुरमा लाखे नाच सुरु
टक्सार (भोजपुर), स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो । नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपुरमा परम्परागत जोगाउने अभियान सुरु गरिएको युवा नविन बुढाथोकीले बताउनुभयो । नागपञ्चमीका दिनदेखि सुरु...
-
२०८१ श्रावण २३, बुधबार
तीज मनाउँदै कैलाली–कञ्चनपुरका राना समुदाय
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायले तीज पर्व आज हर्षोल्लासका साथ मनाउँदै छन् । राना समुदायका महिलाहरुले दाजुभाइ र भतिजाहरुको दीर्घायुको लागि व्रत बसेर मनाउने प्रचलन छ । तीज राना समुदायको महान पर्व हो । हिन्दू धर्मावलम्बीले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन छ भने राना समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गर्दछन् । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राना समुदायमा तीज...
-
२०८१ श्रावण १५, मंगलबार
भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग
गण्डकी, १५ साउनः पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ ।सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवम् नेपाल...
-
२०८१ श्रावण ८, मंगलबार
धनीले कसरी खेल्छन् पैसाको खेल ?
अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।” यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निक्र्यौल गर्नु जरुरी छ । मुकारले जस्तै आफूभित्र भएका स्वतन्त्रताको सम्भावनालाई जगाऔँ । गरिब र मध्यम वर्गका हरेक व्यक्ति आर्थिक स्वतन्त्रताभन्दा सुरक्षाको खोजीमा हुन्छन् । विशेष गरेर लगानी,...
-
२०८१ श्रावण ८, मंगलबार
वर्षपछि बागलुङमा ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै
नौ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो । घामका पहेँला किरणले नारायणचोक सुनौलो र मनमोहक देखिन्थ्यो । पुरानो लक्ष्मीनारायण मन्दिर, छेवैमा वरपिपल चौतारी, परम्परागत घर, पसल, गल्ली आदिले उहिलेको बागलुङ बजारको झल्को दिन्थ्यो । चौतारी र मन्दिरछेउ ढुङ्गा बिछ्याइएको चौडा गल्लीनेर हामी टक्क अडियौँ । जसलाई स्थानीय नेवार...
-
२०८१ श्रावण ७, सोमबार
३५०० पाउन्डमा बिक्यो फ्लोरेन्स नाइटिङ्गेलको कपाल
लन्डन - उत्तरी योर्कशायरमा भएको एउटा लिलामीमा चर्चित बेलायती नर्स फ्लोरेन्स नाइटिङ्गेलको कपाल ३ हजार ५०० पाउन्ड स्टर्लिङमा विक्री भएको छ । नाइटिङ्गेलकै हो भनेर पुष्टि भएको सो कपाल लिलामीमा २ हजार देखि ३ हजार पाउन्डसम्ममा बेचिने अपेक्षा गरिएको थियो । कपालमा टाँसिएको कागजमा नाइटिङ्गेलको हस्ताक्षर पनि थियो । कपाल टिनेन्ट्स अक्सनर्सले लेबर्नमा बेचेको हो । कपाल नाइटिङ्गेलको बहिनीको वंशजको स्वामित्वमा...
-
२०८१ श्रावण ७, सोमबार
साढे ४ करोड डलरमा बिक्यो डाइनासोरको कंकाल
न्यूयोर्क - अमेरिकाको न्यूयोर्क सिटीमा भएको एउटा लिलामीमा डाइनासोरको कंकाल झन्डै साढे ४ करोड डलरमा बिक्री भएको छ । सुथबिजको लिलाम गृहमा घाँसपात खाने स्टेगोसरस प्रजातिको डाइनासोर ४ करोड ४६ लाख डलरमा बिक्री भएको हो । ११ फिट अग्लो र नाकदेखि पुच्छरसम्म २७ फिट लम्बाई भएको यो डाइनासोर सुथबिजको लिलाम गृहमा बेचिएको अहिलेसम्मकै सबैभन्दा पूर्ण कंकाल हो । सो कंकाललाई एपेक्स उपनाम दिइएको थियो । क्रेताको...
-
२०८१ बैशाख ११, मंगलबार
टिभीमा समाचार पढ्दा पढ्दै पत्रकार नै बेहाेस भएपछि…
दिल्ली । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ। चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समाचार पढ्दै गर्दा उनको रक्तचाप अचानक घट्यो। दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा गर्मीका समाचार पढ्दा बेहोस...
-
२०८१ बैशाख ९, आइतबार
चिनियाँ आईफोनमा ह्वाट्सएप प्रतिबन्ध
काठमाडौं- एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ। समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको ह्वाट्सएप र थ्रेड्सलाई हटाइदिएको हो। एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीन भित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ। एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ। अब चिनियाँ आईफोनमा ह्वाट्सएप चल्दैन चिनियाँ सरकारले एप्पललाई...
-
२०८० फाल्गुण २७, आइतबार
चेक रिपब्लिककी क्रिस्टिना बनिन् नयाँ मिस वर्ल्ड
काठमाडौं- ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन्। शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन्। क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन्। प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन्। प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो,...