STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ट्विटरको लोगो परिवर्तन, नीलाे चरा हटाएर पहेँलाे कुकुर

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २२, बुधबार

काठमाडौँ - एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । माइक्रो–ब्लगिङ साइट ट्विटरको स्वामित्व आफूले लिएयता साइटमा विभिन्न परिवर्तन गरेका छन् ।

ट्विटरको लोगो परिवर्तन गरेर नीलो चराको सट्टामा कुकुरको टाउको राखेका छन् । सधैँ प्रयोग गरीआएको ट्विटरमा देखिने निलो चराको सट्टा पहेँलो कुकुरको टाउको देख्दा प्रयोगकर्ताहरु नै आश्चर्यमा परेका छन् ।

प्रयोगकर्ताहरूले यो परिवर्तन देखेर छक्क पर्दै एक–अर्कालाई सोध्न थालेका छन् । उनीहरुले ट्विटरमै ह्यासट्याग समेत गरेर नयाँ लोगोबारे चर्चा थालेका छन् । सुरुमा त प्रयोगकर्ताहरूले ट्विटर ह्याक भएको आकलन गरेका थिए । तर पछि एलन मस्कले एक ट्वीट गरेर लोगो परिवर्तन गरेको जानकारी दिएपछि सबै जिल्ल परेका हुन् ।

अमेरिकी अर्बपति मस्कले गत अक्टोबरमा ट्विटर किनेर सम्पूर्ण स्वामित्व आफू अन्तरगत ल्याएका थिए । उनले ट्विटरमा त्यसपछि ब्लु टिक (भेरिभाइ मार्क) को शुल्क लिने निर्णय गरे भने कम्पनीबाट हजारौँ कर्मचारी समेत कटौती गरे । अहिले लोगो नै परिवर्तन गरिदिएका छन् ।

Categorized in रोचक