STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चैत १४ मा पाँच ग्रह एउटै लहरमा देखिने

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र ९, बिहिबार

काठमाडौं - सौर्यमण्डलका पाँच वटा ग्रह एउटै लहरमा पंक्तिबद्ध भएर देखिने भएका छन् । चैत १४ (२८ मार्च) गते वृहस्पति, बुध, शुक्र, अरुण र मंगल ग्रह एउटै रेखामा देखिने भएका हुन् । सूर्यको परिक्रमा गर्ने क्रममा ग्रहहरू एकैतर्फ एउटै लाइनमा पर्दा खगोलीय पंक्तिबद्ध भएको देखा पर्ने बताइएको छ ।

खगोलविद्का अनुसार वृृहस्पति र बुध क्षितिजको नजिक देखा पर्नेछन् भने शुक्र र अरुण माथि र मंगल ग्रह चन्द्रमाको नजिक देखिनेछ । २८ मार्चका दिन स्पष्टसँग देखिए पनि अघिल्लो र पछिल्लो दिनमा पनि यो खगोलीय दृष्यावलोकन गर्न सकिने छ ।

अपोलो मिसनका अन्तरिक्षयात्री बज अल्ड्रिनले वक्र आकारमा देखा पर्ने यो ग्रहको लहर हेर्न नभुल्न भन्दै ट्विट गरेका छन् ।

गत वर्षको जुनमा सन् २००४ को डिसेम्बरपछि पहिलो पटक यस किसिमको दुर्लभ ग्रहको लहरमा बुध, शुक्र, मंगल, बृहस्पति र शनि एउटै रेखामा देखिएका थिए ।

Categorized in रोचक