राष्ट्रिय
-
२०७६ चैत्र ६, बिहिबार
मनकामना केबुलकार सेवा चैत ३० सम्म बन्द
काठमाडौं– विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड–१९)को प्रभाव नबढोस् भन्ने हेतुले स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्ने क्रममा मनकामना दर्शन प्रा.लि. आफ्नो केबुलकार सेवा चैत ३० गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने पूर्वनियन्त्रण कार्यमा सहयोग पुर्याउन केबुलकार सेवा स्थगित गरिएको जानकारी कम्पनीले दिएको छ । गोर्खास्थित मनकामना मन्दिर जान सहज...
-
२०७६ चैत्र ६, बिहिबार
संकटा र महांकाल मन्दिरमा भक्तजनलाई प्रवेश निषेध !
काठमाडाैं- नोबल कोरोना भाइरस कोभिड–१९ संक्रमण नियन्त्रण व्यवस्थापनको लागि काठमाडौं टेबहालस्थित संकटा मन्दिर र महांकाल मन्दिरमा अब भक्तजनको लागि प्रवेश निषेध हुनेभएको छ । काठमाडौं महानगरपालिका २२ वडाले संकटा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिलाई एक पत्र काटी चैत ७ गते शुक्रबारदेखि संकटा मन्दिरमा नियमित नित्यपूजा बाहेक भक्तजनहरुको लागि प्रवेश निषेध गरिदिन अनुरोध गरेको छ । काठमाडौं २२ वडाका...
-
२०७६ चैत्र ६, बिहिबार
पहिचान पक्षधरले चैत २४ मा जनआन्दोलन दिवस मनाउने
काठमाडौं – नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खसाङ्ग राष्ट्रिय संघर्ष समिति र थारुहट–थारुवान राष्ट्रिय मोर्चाको वृहत छलफल बैठकले चैत २४ गते जनआन्दोलन दिवस मनाउने निर्णय गरेको छ । बैठकले काठमाडौंको शान्टिवाटिकामा जनआन्दोलन दिवस मनाउने निर्णय गरेको हो । कोरोना भाइरसको कारण पहिचानको आन्दोलन स्थगित गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ । नेपाः...
-
२०७६ चैत्र ६, बिहिबार
गुठी विषयक परिषद्को बैठक बस्ने
काठमाडौं– गुठी विधयेकविरुद्ध संयुक्त संघर्ष समितिले चैत १४ गते शुक्रबार परिषद्को बैठक बोलाउने निर्णय गरेको छ । सरकारले पुनः गुठी विधयेक ल्याउन लागेको विषयमा बुधबार (चैत ५ गते) बसेको सल्लाहकार समितिको बैठकले उक्त निर्णय गरेको हो । सल्लाहकार समितिको बैठकले नेवारहरुको गुठी स्वायत्त हुनुपर्नेमा जोड दिएको थियो । संघर्ष समितिका अध्यक्ष डा. महेशमान श्रेष्ठको सभापतित्वमा बैठक बसेको थियो भने जनकवि...
-
२०७६ चैत्र ६, बिहिबार
उचित मूल्य समायोजन गर्न आयल निगमलाई ज्ञापनपत्र
काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यको उचित समायोजन गर्न समाजवादी पार्टी नेवाः राष्ट्रिय समितिले पहल गरेको छ । समितिले चैत ५ गते बुधबार नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहसँग भेट गरी विश्व बजारमा ६८ प्रतिशत मूल्य घटेजस्तै नेपाली बजारमा पनि उपयुक्त मूल्य समायोजन गर्न ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन मनरत्न शाक्यको नेतृत्वमा आयल निगम पुगेको टोलीले निगमका कार्यकारी निर्देशक...
-
२०७६ चैत्र ६, बिहिबार
हाटबजार बन्द गर्ने निर्णय
धनगढीमा सबैभन्दा बढी मानिसहरुको जमघट हुने त्रिनगर कृषि उपज हाटबजारलाई बन्द गरिने भएको छ । विश्वमा फैलिएको कोराना भाइरसका सङ्क्रमणका कारण आइतबारका दिनदेखि हाटबजार बन्द गरिने त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानीसिंह चैसिरले जानकारी दिनुभयो । धनगढी उपमहानगरपालिका, किसान र व्यवसायीहरुसँग छलफल गरी बन्द गर्ने निर्णय गरिएको हो । ५०० भन्दा बढी व्यापारीहरुले व्यवसाय गर्ने कृषि...
-
२०७६ चैत्र ६, बिहिबार
रानीपोखरी पुनःनिर्माणमा अनुमति नलिइ बिजुली प्रयोग
अनुमति नै नलिइ ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणमा विद्युत् प्रयोग भएको पाइएपछि नेपाल विद्युत् प्राधिकरणले कारवाही गरेको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले रानीपोखरीको पुनःनिर्माण अनुमति नलिइ विद्युत् लिइएको पाइएपछि जरिवाना गरेको हो । केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार, रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट प्रत्यक्ष हुकिङ गरी...
-
२०७६ चैत्र ६, बिहिबार
कोरोना भाइरसबारे अरनिको समाजको टेलिभिजन कार्यक्रम
काठमाडौं– कोरोना भाइरसले सबैभन्दा पहिले महामारीको रुप लिएको चीनको ऊहान सहरमा भाइरस नियन्त्रणका लागि चीनले चालेका महत्वपूर्ण कदमबारे जानकारी दिने उद्देश्यले टेलिभिजन कार्यक्रम प्रशारण गर्ने भएको छ । अरनिको समाजका कार्यसमितिका सदस्य इन्जिनियर राजिन महर्जनका अनुसार चीनको ऊहान सहरमा कोरोना प्रभावितहरुको संख्या घट्दै गएको तर चीनबाहेक इटाली, स्पेन, अमेरिका, इरान, पाकिस्तान, भारतलगायत सिंगो विश्वमा यसको...
-
२०७६ चैत्र ५, बुधबार
पेट्रोलियम पदार्थको सहज उपलब्धता ः अनावश्यक हल्लाको पछि नलाग्न आग्रह
पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हँुदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी सबैमा अनुरोध गरेको छ ।...
-
२०७६ चैत्र ५, बुधबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक...
-
२०७६ चैत्र ५, बुधबार
स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेश गर्न नपाइने
–काशीराम शर्मा विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमाक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा...
-
२०७६ चैत्र ५, बुधबार
कोरोनाभाइरसको सन्त्रास : व्यस्त बजार नै सुनसान !
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रासका कारण एक हप्ताअघिदेखि काठमाडौं सुनसानप्रायः देखिन थालेको छ । काठमाडौंको भीडभाड हुने बजार क्षेत्र असन, ईन्द्रचोक आजभोलि सुनसानजस्तो देखिन थालेको छ । कोरोना भाइरसको संक्रमणको त्रासका कारण गाउँबाट काठमाडौं पुगेकाहरु पुनः गाउँमै फर्किरहेका छन् । काठमाडौंको सधैं व्यस्त रहने खुल्लामञ्च, रत्नपार्क पनि आजभोलि सुनसानजस्तै देखिन थालेको छ...


