relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ चैत्र ६, बिहिबार

    उचित मूल्य समायोजन गर्न आयल निगमलाई ज्ञापनपत्र

    काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यको उचित समायोजन गर्न समाजवादी पार्टी नेवाः राष्ट्रिय समितिले पहल गरेको छ । समितिले चैत ५ गते बुधबार नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहसँग भेट गरी विश्व बजारमा ६८ प्रतिशत मूल्य घटेजस्तै नेपाली बजारमा पनि उपयुक्त मूल्य समायोजन गर्न ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन मनरत्न शाक्यको नेतृत्वमा आयल निगम पुगेको टोलीले निगमका कार्यकारी निर्देशक...

  • २०७६ चैत्र ६, बिहिबार

    हाटबजार बन्द गर्ने निर्णय

    धनगढीमा सबैभन्दा बढी मानिसहरुको जमघट हुने त्रिनगर कृषि उपज हाटबजारलाई बन्द गरिने भएको छ । विश्वमा फैलिएको कोराना भाइरसका सङ्क्रमणका कारण आइतबारका दिनदेखि हाटबजार बन्द गरिने त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानीसिंह चैसिरले जानकारी दिनुभयो । धनगढी उपमहानगरपालिका, किसान र व्यवसायीहरुसँग छलफल गरी बन्द गर्ने निर्णय गरिएको हो । ५०० भन्दा बढी व्यापारीहरुले व्यवसाय गर्ने कृषि...

  • २०७६ चैत्र ६, बिहिबार

    रानीपोखरी पुनःनिर्माणमा अनुमति नलिइ बिजुली प्रयोग

    अनुमति नै नलिइ ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणमा विद्युत् प्रयोग भएको पाइएपछि नेपाल विद्युत् प्राधिकरणले कारवाही गरेको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले रानीपोखरीको पुनःनिर्माण अनुमति नलिइ विद्युत् लिइएको पाइएपछि जरिवाना गरेको हो । केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार, रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट प्रत्यक्ष हुकिङ गरी...

  • २०७६ चैत्र ५, बुधबार

    पेट्रोलियम पदार्थको सहज उपलब्धता ः अनावश्यक हल्लाको पछि नलाग्न आग्रह

    पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हँुदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी सबैमा अनुरोध गरेको छ ।...

  • २०७६ चैत्र ५, बुधबार

    एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

    माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक...

  • २०७६ चैत्र ५, बुधबार

    स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेश गर्न नपाइने

    –काशीराम शर्मा विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमाक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा...

  • २०७६ चैत्र ५, बुधबार

    कोरोनाभाइरसको सन्त्रास : व्यस्त बजार नै सुनसान !

    काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रासका कारण एक हप्ताअघिदेखि काठमाडौं सुनसानप्रायः देखिन थालेको छ । काठमाडौंको भीडभाड हुने बजार क्षेत्र असन, ईन्द्रचोक आजभोलि सुनसानजस्तो देखिन थालेको छ । कोरोना भाइरसको संक्रमणको त्रासका कारण गाउँबाट काठमाडौं पुगेकाहरु पुनः गाउँमै फर्किरहेका छन् । काठमाडौंको सधैं व्यस्त रहने खुल्लामञ्च, रत्नपार्क पनि आजभोलि सुनसानजस्तै देखिन थालेको छ...

  • २०७६ चैत्र ५, बुधबार

    मुहार फेर्दै काठमाडौँ उपत्यकाका सडक

    गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको छ । गत साता सोह्रखुट्टे–बालाजु सडकखण्डमा कालोपत्र थप्ने काम (ओभरले) भएको थियो । गत साता नै ललितपुरको पुल्चोकलगायत स्थानमा आवधिक मर्मतको काम भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार उपत्यकाका...

  • २०७६ चैत्र ५, बुधबार

    एसइई परीक्षा स्थगितको सूचना दिँदै प्रजिअहरु

    मुलुकभर यही बिहीबारदेखि शुरु हुने भनिएको माध्यमकि शिक्षा परीक्षा (एसइई) ‘कोभिड–१९’ को सङ्क्रमण देखिने जोखिम बढेको भन्दै केन्द्र सरकारले परीक्षा स्थगित गरेपछि कर्णाली प्रदेशका १० जिल्लाका प्रमुख जिल्ला अधिकारीले केन्द्राध्यक्षलाई स्थगनको सूचना प्रवाह गर्न थालेका छन् । माध्यमिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारीले गृहको निर्देशन अनुसार आ–आफ्ना जिल्लामा...

  • २०७६ चैत्र ५, बुधबार

    सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना

    सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । आज ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिनुभयो । यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल...

  • २०७६ चैत्र ४, मंगलबार

    घरेलु मदिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जना पक्राउ

      सिरहा प्रहरीले अवैध घरेलु मदिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । धनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेको हो । अभियानमा घरेलु मदिरा उत्पादन गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्लाको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद...

  • २०७६ चैत्र ४, मंगलबार

    कालोबजारी रोक्न निर्देशन

    प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले उपभोग्य वस्तुको कृत्रिम अभाव गरिएका ठहर गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन निर्देशन दिएको हो । बैठकले अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्ने व्यापारीमाथि कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सरकारले...

Pages