STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    प्रधानमन्त्री साँझ अस्पतालबाट निवास फर्कने

    प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास फिर्ता हुनुहुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज पत्रकार सम्मेलन गरी उहाँको स्वास्थ्यावस्था राम्रो रहेकाले निवास फिर्ता गर्न लागिएको जानकारी दिनुभयो । ‘‘ प्रधानमन्त्रीलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ अस्पतालबाट...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    ललितपुरमा स्यानिटाइजर बनाउन सिकाइने

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वैज्ञानिकले आफ्नो कार्यकक्षमा स्वास्थ्यवद्र्धक तालीम सञ्चालन गर्ने भएका छन् । चीनबाट फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ हात धुने स्यानिटाइजर बनाउन लागिएको हो । नाष्टले माहानगरको २९ वडाका एक–एकजना मानिसलाई एक वा दुई दिनको उक्त तालीम दिने भएको छ । नाष्टबाट तालीम लिएकाले आ–आफ्ना वडामा गई अन्यलाई स्यानिटाइजर...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    काठमाडौँका सडकको राज्यमन्त्री मानन्धरद्धारा अनुगमन

    शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आज काठमाडौँका विभिन्न स्थानका सडकको स्थलगत अनुगमन गर्नुभएको छ । सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्दै कालोपत्रलाई तीव्रता दिएसँगै उहाँले स्थलगत अनुगमन गर्नुभएको हो । राज्यमन्त्री मानन्धनरले बालाजु चोकदेखि सोह्खुट्टेसम्म कालोपत्र गरिएको सडकको अनुगमन गर्नुभयो । त्यस्तै बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको अनुगमन गर्नुभयो । उहाँले बालाजुमा भविष्यमा...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    कोरोनाको आशङ्कितमा सङ्क्रमण नभएको पुष्टि

    भरतपुर अस्पतालमा उपचारका लागि आएका एक जनालाई कोरोना भाइरसको आशंका गरिएकोमा त्यसको नतिजा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उपचारमा आएका बिरामीलाई कोरोनाको आशंका गरी उनको रगत परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको थियो । प्रयोगशलाबाट प्राप्त नतिजाको आधारमा आशंका गरिएका व्यक्तिमा कोरोनाको सङ्क्रमण नरहेको उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालबाट यसअघि...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    प्रधामन्त्री केपी शर्माओली अस्पतालबाट डिस्चार्ज

    प्रधामन्त्री केपी शर्माओलीलाई आज शुक्रबार  अस्पतालबाट डिस्चार्ज गरिएको छ । प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै गर्दा निकै हँसिलो मुद्रामा अस्पताल परिसरबाट बाहिरिएका थिए ।  प्रधामन्त्रीओलीलाई साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो  ।  

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    दुवै मृगौला फेल भएका महर्जनको उपचारमा समस्या, सहयोगको याचना

    काठमाडाैं– आर्थिक अभावले दुवै मृगौला फेल भएका युवकको उपचारका लागि समस्या परकोले आर्थिक सहयोगको लागि सहयोगी मनहरुसँग सहयोग मागिरहेका छन् । ललितपुरको अग्निशाल, पाटन बस्ने वर्ष २२ का रोजल महर्जनको दुईवटै मृगौला फेल भएपछि उपचारका लागि आर्थिक संकलनका लागि गुहारिरहेका छन । महर्जन ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन भ्याली कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छात्र हुन् । उनको बुबाको ४ वर्ष अगाडि नै...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    पत्रकार जितेन्द्र महर्जन रिहा

    काठमाडाैं– नेपालभाषाको पत्रिका ‘न्हूगु जोजोलपा’का प्रधानसम्पादक एवं रेडियो मिर्मिरेका कार्यक्रम सञ्चालक जितेन्द्र महर्जन बिहीबार (फागुन २९ गते) जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा रिहा भएका छन् । महर्जनलाई गत फागुन १४ गते कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको थियो । समाचार संकलन तथा प्रकाशनको काम सकेर कार्यलयबाट घर फर्कदै गरेको अवस्थामा कीर्तिपुरको नयाँबजारबाट पक्राउ गरी महर्जनलाई महानगरीय...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

    कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ । भाइरसको पूर्वसतर्कता अपनाउन ती...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    १०० नम्बरमा ‘ब्लफकल’ नगर्न आग्रह

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कन्ट्रोल कक्षमा अनावश्यक ‘ब्लफकल’हरू आउन थालेपछि सुरक्षाकर्मी हैरान भएका छन् । डडेल्धुरा प्रहरीको १०० नम्बरमा दैनिक आउने ब्लफकलले सुरक्षाकर्मीलाई हैरान बनाएको हो । अत्यावश्यक कामका लागि वा कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन् । ड्युटीमा खटिएका बेला आउने ब्लफकलले हैरान...

  • २०७६ फाल्गुण २९, बिहिबार

    नमूना जनगणना गरिने

    आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ । त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ । तथ्याङ्क कार्यालय दार्चुलाका कार्यालय प्रमुख पदमराज पाण्डेका अनुसार महाकाली नगरपालिकाको वडा नं २ का १६१ र वडा नं ९ को २०५ घरधुरीमा नमूना गणना गरिनेछ । लेकम गाउँपालिकाको वडा नं ६ का १६५ तथा अपी हिमाल गाउँपालिकाको वडा नं ६ को १३३ घरधुरीमा नमूना जनगणना...

  • २०७६ फाल्गुण २९, बिहिबार

    नेपालभाषाको समाचार बन्दको निर्णय अनपेक्षित : नेवाः पत्रकार राष्ट्रिय दबू

    काठमाडौं– ईमेल च्यानल टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपालभाषाको समाचार बुलेटिन यही चैत १ गतेदेखि बन्द हुने निर्णयप्रति नेवाः पत्रकार राष्ट्रिय दबूले गम्भीर ध्यानाकर्षण जनाएको छ । दबूका महासचिव सुनील महर्जनद्वारा बिहीबार (फागुन २९ गते) जारी एक विज्ञप्तिमा ईमेल च्यानलको नेपालभाषाको समाचार बन्दको निर्णय अनपेक्षित रहेको जनाइएको छ । च्यानलको यस निर्णयले नेपालभाषाका दर्शकलाई मात्र नभएर समावेशी...

  • २०७६ फाल्गुण २९, बिहिबार

    ‘कोभिड–१९’ भित्रिन नदिन सरकार उच्च तयारीमा : सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने निर्णय

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ । चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । “शुरुमा पाँच मुलुकबाट...

Pages